स्कुटरलाई प्लसर मोटरसाइकलले पछाडिमा ठक्कर दिँदा शुक्रवार झापामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ७ बस्ने २७ वर्षीया रम्ता श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ४ चिया बगान स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १५ प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५१ प ५७८ नम्बरको २२० सिसीको प्लसरले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएको थियो ।

घाइते श्रेष्ठलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्युरो हस्पिटल विराटनगर पठाएको हो । उनको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता प्रहरीले मोटरसाइकलसहित चालक मिक्लाजुङ गाउँपालिका ६ बस्ने २५ वर्षीय ऋषिवर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० मा छोटा हात्ती म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ज २२८१ नम्बरको छोटा हात्ती म्याजिक भ्यानले सोही दिशा तर्फ जाँदै गरेको को २६ प २३१९ को मोटरसाइकललाई ओभर टेक गर्ने ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट मोटरसाइकल चालक सुनसरी इनरुवा नगरपालिका ५ बस्ने २२ वर्षीय ग्रिटिस कोइराला घाइते भएका छन् । उनको हाल बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । यता प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ, भने भ्यान चालक फरार रहेको जनाइएको छ ।

file pic google

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah