बीबीसी/ आफ्नो ल्यापटपको स्क्रिन अगाडि बसेकी रचेल अचानक रुन थाल्छिन् । सन् २०१८ को त्यो दिन उनको घर अँध्यारो र शान्त थियो । सबैकुरा भिन्न थिए । २८ वर्षकी रेचल आफ्नो श्रीमान्सँग यसअघि यसै घरमा बस्थिन् तर अब उनी एक्लै छिन् ।

उनी बसेको घरबाट ३ सय २१ किलोमिटर टाढा उनका २६ वर्षे श्रीमान् रबको घर छ जो सरकारी वेबसाइटमा सम्बन्धविच्छेदका लागि सल्लाह दिइरहेका छन् । रबकी श्रीमतीले उनलाई एकवर्ष अघि छोडेर गइसकेकी छिन् ।

‘उनी खराब मानसिक स्थितीबाट गुज्रिरहेकी थिइन् । उनी एक्लै समय बिताउन चाहन्थिन् । मैले त्यतिबेला उनी उनलाई यसका लागि जिम्मेवार देखाएको थिइनँ न नै अहिले दोषी देख्छु । तर यस्तो होइन कि जब उनी गइन् तब मलाई केही फरक परेन । म पूर्ण रुपमा टुटेको थिएँ । जतिबेला म सम्बन्धविच्छेदका लागि परामर्श लिन थाले, त्यतिबेला म जीवनलाई अघि बढाउन चाहन्थेँ, सबैको भलाईका लागि ।’

रबका दुई सन्तान छ जसलाई उनी एक्लै सम्हालिरहेका छन् । उनी अब अघि बढ्न चाहेको बताउँछन् । सेप्टेम्बरमा जारी भएको इंगल्याण्डको सरकारी आँकडा अनुसार सन् २०१७ मा इंगल्याण्ड र वेल्समा १ लाख २० लाख बढी सम्बन्धविच्छेद भएको छ । यीमध्ये धेरैको उमेर ४० को हाराहारी छ । तर १२ हजार यस्ता व्यक्ति थिए जसले रेचल र रबजस्तै २२–२५ को उमेरमा नै सम्बन्धविच्छेद गरेका थिए ।

जसले १८–१९ वर्ष वा २०–२२ को उमेरमा विवाह गर्छन् उनीहरुको सम्बन्धविच्छेद हुने सम्भावना अत्यधिक हुन्छ । अनुसन्धानका अनुसार सन् १९७६ मा ५० प्रतिशत यस्ता महिलाले सम्बन्धविच्छेद लिएका थिए जसले २०–२२ वर्षको उमेरमा विवाह गरेका थिए । विवाहको ३० वर्षपछि उनीहरुले सम्बन्धविच्छेद लिइरहेका थिए । रेचलले पनि यस्तै उमेरमा विवाह गरेकी थिइन् ।

रेचल भन्छिन्, ‘यो निकै पीडादायी थियो । दुई वर्षसम्म मलाई लागिरह्यो कि मेरो व्यक्तित्व कुल्चिइँदै छ । मलाई थाहा छ यो पूर्ण रुपमा नाटक लाग्छ तर मैले यसअघि कहिले पनि यस्तो महसुस गरेको थिइनँ । यो सम्बन्धले मलाई निकै दुःख दिएको थियो । मैले जुन सम्बन्ध जीवनभरीको होला भनेर सोचेकी थिएँ त्यो अचानक सिद्धिएको थियो ।’

जब एउटा विवाहमा भावनात्मक सम्बन्ध खस्कन सुरु हुन्छ, त्यहीबाट सम्बन्ध समाप्त हुने स्थितीमा पुग्छ । रेचल र रब दुबैले आफूलाई पीडितको रुपमा हेर्छन् ।

रेचल भन्छिन्, ‘हाम्रो विवाह भएको दुई वर्षपछि मलाई थाहा भयो कि मेरा श्रीमानको अन्य महिलासँग अफेयर चलिरहेको छ, यो थाहा पाएपछि मलाई निकै खराब महसुस भयो तर म हाम्रो विवाह समाप्त गर्न चाहन्नथेँ । त्यसकारण हामीले यो झुट लुकाउँदै ६ महिना आफ्नो विवाह बचाउनका लागि खर्च गर्यौं ।’

तर विश्वास टुट्दा सम्बन्धमा आएको गिरावट बढ्दै गयो र अन्त्यमा रेचल र रबले सम्बन्धविच्छेद गर्ने निर्णय लिए । तर त्यसका लागि पनि विभिन्न समस्याको सामना गर्नुपर्यो । रेचल भन्छिन्, ‘जब तपाईंलाई आफ्नो पार्टनरको अफेयरबारे थाहा भएपछि उनीसँग ६ महिना बिताउनु हुन्छ भने अडल्ट्री (व्याभिचार) को आधारमा कानुनी रुपमा सम्बन्धविच्छेद गर्न सक्नुहुन्नँ । यति पीडा सहेपछि मलाई यस्तो लाग्थ्यो कि मलाई आफ्नो विवाह बचाउनका लागि सजाय दिँइदैछ ।

रबका अनुसार श्रीमती गएपछि उनलाई थाहा भयो कि यदि कानूनी रुपमा सम्बन्धविच्छेद चाहिएको छ भने थप एकवर्ष उक्त सम्बन्धमा बस्नुपर्छ ।

आफ्नो पीडा बयान गर्दै रब भन्छन्, ‘जीवनमा यति धेरै परिवर्तन भइसकेपछि मलाई लाग्थ्यो कि अब म यसलाई अघि बढाउन सक्दिनँ । म एक्लो अभिभावक थिएँ । म आफ्नो जीवन अघि बढेको मात्र हेर्न चाहन्थेँ । यी सबै कुराले मलाई अत्यधिक तनाव दिएको थियो ।’

दुबैले प्रतिक्षा गर्नुको साटो ‘अनुचित व्यवहार’ (उनीहरुले ती कारणको सूची तयार गर्नुथियो जसले उनीहरु किन सँगै बस्न चाहँदैनन् भनेर पुष्टि गर्दथ्यो) को आधारमा सम्बन्धविच्छेदको याचिका दर्ता गर्न उचित ठाने ।

रब भन्छन्, ‘मेरी श्रीमतीले मलाई बिल तिर्न सहयोगी गर्दिनन्, बच्चा हुर्काउन पनि उनले मलाई मद्दत गर्दिनन् भनेर लेखेँ तब म सोच्थेँ कि यी सबै कुरामा आफ्नो सहमती जताउँदा उनलाई कति नराम्रो लाग्ला भनेर म सोच्थेँ । ’

रेचल भन्छिन्, ‘यो प्रक्रिया त्यतिबेला कठिन हुन्छ जब तपाईंका सबै साथीहरु जीवनमा सेटल भइरहेका छन् ।’

३१ वर्षकी रुबीले विवाहको दुई वर्षपछि आफ्नो श्रीमानसँग अलग्गिने निर्णय गरिन् ।

उनी भन्छिन्, ‘म एक पारम्परिक परिवारकी हुँ जसले विवाहलाई धर्मसँग जोडेर हेर्छ । मेरा तीन बहिनीको विवाह भइसकेको छ । मैले आफ्नो श्रीमानलाई भेटेको एक वर्ष नबित्दै विवाह गरेको थिएँ । हामी दुई अलग व्यक्तित्व भएका भिन्न व्यक्ति थियौं ।’

रुबी भन्छिन्, ‘उनी धेरै कुरामा राम्रा थिए तर स–सानो कुरामा हामीबीच बहस र झगडा हुन्थ्यो । हामीबीच भ्रम अत्यधिक बढेको थियो । त्यसपछि एकदिन मैले उनलाई अन्य महिलासँग मेसेज गरिरहेको देखेँ । त्यो दिन मलाई लाग्यो कि हामी दुईले विवाह गर्नै हुँदैनथ्यो ।’

रुबीकी आमाले सम्बन्धविच्छेदको क्रममा छोरीलाई साथ दिइनन् । उनकी आमाले उनलाई उत्कृष्ट श्रीमती बन्न सुझाउँथिन् । रुबी आफ्नो घर छोडेर छुट्टै बस्न थालिन् ।

मनोवैज्ञानिक डाक्टर राहेल एन्ड्रयूका अनुसार जब तपाईंको वरिपरि निकै कम मानिस यस्तो अवस्थाबाट गुज्रिरहेका छन् भने तपाईंले एक्लो महसुस गर्नुहुन्छ ।

रिलेशनशीप थेरापिस्ट र द ह्याप्पी कपल ह्यान्डबुकका लेखेक एन्ड्रयू जी मार्शल यो कुरासँग सहमती जनाउँदै भन्छन्, ‘सम्बन्धविच्छेदले सधैं तपाईंको आत्मसम्मानलाई ठेस् पुर्याउँछ । योबाट गुज्रनेहरुमा लज्जा र असफलताको भावना पैदा हुनु प्राकृतिक हो र यस्तो भावना त्यो स्थितीमा बढ्छ जब तपाईं वरिपरिका मानिसहरुबीच प्रेम देख्नुहुन्छ ।’

रेचल पनि साथीहरुसँग खासै भेट्न चाहन्नथिन् । उनी भन्छिन्, ‘मेरा साथीहरु आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध निभाइरहेका थिए । ती साथीहरुसँग समय बिताउन मलाई धेरै समस्या हुन्थ्यो ।’

डाक्टर एन्ड्रयू भन्छन्, ‘आफ्नो साथीबीच सबैभन्दा पहिले यदि तपाईंको सम्बन्ध टुट्छ भने भावनात्मक तनाव हुन्छ । रिस, डर, उदासी यी सबैले तपाईंलाई बारम्बार झस्काइरहन्छन् । तर तपाईंलाई जति धेरै जीवनको अनुभव हुन्छ त्यति नै तपाईं भावनालाई सही स्थानमा प्रयोग गर्न सिक्नुहुनेछ । तर नव जवानलाई यो बुझ्न समस्या हुनसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah