झापाको दमकमा पनि हुन्डाईको ग्राण्ड आइ टेन गाडीको लेटेष्ट भर्सन सार्वजनिक भएको छ । हुण्डाइको लागि दमकको आधिकारीक बिक्रेता दमक १० स्थित अटो प्लाजाले एक कार्यक्रमबीच २०१७ ग्राण्ड आइटेन फेस लिफ्ट गाडी सार्वजनिक गरेको हो । भारतमा निकै लोकप्रिय बताइएको सो कार इन्डियन कार अफ दि इयर २०१४ घोषित भएको थियो ।

अटो प्लाजाका प्रोपाइटर बबरजंग थापा किरणका अनुसार यो कारको बाहिरी आवरण र भित्री सजावट निकै उत्कृष्ट रहेको छ । ५ सिट क्षमताको यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गार्दा ठोक्किने समस्यालाई मध्यनजर गर्दै यो कारमा सेन्सर र क्यामरा जडान गरिएको छ जसलाई कार भित्र रहेको ७ इन्चको स्क्रिन बाट हेर्न सकिन्छ ।

यो कारको म्याग्ना मोडलको ग्राण्डको सुरुवाती मूल्य २६ लाख ९६ हजार पर्दछ । स्पोटिर्जको २८ लाख ९६ हजार देखि ३४ लाख ५६ हजार रुपैयाँ मुल्य निर्धारण गरिएको छ । त्यसैगरि अस्टाको ३२ लाख ५६ हजार मूल्य तोकिएको छ । यो गाडीको बाहिरी भाग बोल्ड, स्र्पोटी र डाइन्यामिक स्टाइलिङ रहेको छ भने भित्री भाग कम्र्फट, लक्जरी, हाइ–टेक एपिएलमा केन्द्रित छ । अगाडिको भागमा नयाँ बम्पर र नयाँ एलइडी डे टाइम रनिङ लाइट रहेको छ ।

साथै पछाडीको भागमा बम्पर र नयाँ रिफ्लेक्टरले यस गाडीलाई पृथक तुल्याएको र यो इन्धन खपतमा प्रभावकारी हुने बिश्वास लिइएको थापाले जनाए । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य प्रकाश प्रसाइ र पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले उक्त नयाँ गाडिको अनावरण गरेका थिए । अनावरण गर्दै प्रसाईले दमक अटो प्लाजालाइ सफलताको कामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah