अन्टार्टिका मा अवस्थित रगत बग्ने झरना को बारेमा स्थापित लामो समय देखी को कौतुहलता लाई चिर्दै, बैज्ञानीकहरुले यसको बिषयमा ठोस कारण पत्ता लगाउन सफल भएका हुन् ।सन् १९११ मा केहि बैज्ञानीकहरुको समुहले यस झरनको छेउ छाउमा जमेर रहेको हिउँको आसपास तिर रातो गाढा रङको पानी बगेको देखेपछी यो झरनाको बिषयमा बिश्वब्यापी रुपमा कौतुहलता जन्मिएको थियो ।

उक्त समयमा प्रकाश सँस्लेषण को कारणले पानी रातो देखिएको अनुमान बैज्ञानीकहरुले लगएका थिए । यधपी यसको ठोस प्रमाण भने पत्ता लाईसकेको अवस्था भने थिएन ।

पछील्लो समयमा आएर University of Alaska Fairbank ले गरेको गहिरो अनुसन्धानबाट यसको बास्तबिकता खुलेको छ । उक्त अनुसन्धानको निस्कर्षमा बताइए अनुसार , त्यस रगत बग्ने झरनाको मुख्य मुहान भनेको ‘टेलर’नाम को हिउँनदी हो र यस टेलर हिउँनदिमा बग्ने पानी “ब्राइन्” ताल बाट आउने गर्दछ ।

ब्राइन यस्तो ताल हो, जसको माथी निकैनै कडा हिउँको चट्टान हरुको थुप्रो लागेको छ । यती धेरै मात्रामा जमेको हिउँको चट्टानको कारण ले गर्दा पानी मुनी निकै नै चाप बढाउँदछ र ब्राइन तालको पानीमा समुन्द्र सतह भन्दा धेरै मुनिको चट्टान हरु सँग घर्षण उत्पन्न हुने गर्दछ ।

यस क्रममा सामुन्द्रीक सतह भन्दा मुनी रहेको चट्टान हरुमा रहेको फलामको कणहरु तालको पानीमा मिसिन पुग्दछ । जब उक्त पानी तालको माथिल्लो सतह सम्म आउँदछ, तब हावा मा रहेको अक्सिजन उक्त फलामको कण मिसिएको पानी सँग मिसिन पुग्दछ । त्यसपछी उक्त फलामको कण हरुमा खियाँ सुरु हुन्छ र पानी रातो देखिन थाल्दछ ।

बैज्ञानीक हरुले यस प्रमाण प्राप्त गर्नको लागी रेडियो इको साउन्डिङ् (RES) नामक प्रबिधी जडित उपकरण प्रयोग गरेका थिए ।

जसले पानी मुनी हुने सम्पूर्ण सुष्म गतिबिधि हरुको अध्यन गर्दथ्यो । बैज्ञानीक हरुका अनुसार यसरि तालको पानी सामुन्द्रीक गहिराइ मा घर्षण भएर फलामको कण हरु बोकेर हावा मा आइ खियाँ पैदा भएर अन्त्यमा अन्टार्टिका को रगत बग्ने भनिएको झरना सम्म पुग्नको लागी १५ लाख बर्ष समय लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah