साउन महिनामा महिलाहरू विशेष देखिन्छन्। यो महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। पौराणिक मान्यताअनुसार साउन महिनामा भगवान् शिवजीको पूजा गरिने भएकाले यो महिनालाई शिवजीको महिनाका रूपमा लिइन्छ। साउन महिना भगवान् शिवजीलाई मन पर्ने महिना तथा सोमबार मन पर्ने दिन हो। पार्वतीले साउन महिनाभरि व्रत बसेर भगवान् शिव प्राप्त गरेकी हुनाले यो महिना विशेष मानिएको हो। त्यसैले अविवाहित एवं विवाहित सबैले साउन महिनामा व्रत बसी पूजाआजा गर्छन्। विवाहितहरू आफ्नो सौभाग्यका लागि र सन्तान भएकाहरू उनीहरूको दीघार्युका लागि तथा अविवाहितहरू असल श्रीमान्को अपेक्षा गर्दै संस्कृति जगेर्नाका लागि व्रत बस्ने गरेका छन्। त्यसैले साउन महिनाको सोमबार हरेक शिव मन्दिरमा भीड लाग्छ। परापूर्व कालदेखि नै साउने सोमबारका दिन व्रत बसी, चोखो खाने चलन थियो। अहिले आएर साउनभरि हरियो, पहेंलो, रातो रंगका चुरा, पोते एवं मेहन्दी लगाई शिवजीको पूजा गरिन्छ।

मैतीदेवीकी शैलजालाई साउन महिना कहिले आउला र हातभरि हरिया चुरा लगाउन पाइएला भनेर हतार हुन्छ। हरिया चुरा अरू बेला लगाउनु र साउन महिनामा लगाउनुको मज्जा बेग्लै हुने उनी बताउँछिन्। शैलजालाई साउन महिनामा हरिया चुरा लगाएर हिँड्दा रमाइलो महसुस हुन्छ। उनी साउनको सोमबार व्रत बस्छिन् भने साउन महिनाभरि माछा-मासु खाँदिनन्। शैलजा त एउटा उदाहरण मात्र हुन्। उनीजस्ता धेरै महिला-पुरुष साउन महिनाभरि माछा-मासु खाँदैनन्।

साउन महिनामा विवाहिताहरू हातभरि हरिया चुरा, पहेंलो पोते, हातमा मेहन्दी लगाएर हिँड्ने गरेको पाइन्छ। यसैगरी अविवाहिताहरू भने हातमा मेहन्दी र हरिया चुरा लगाउँछन्। साउन महिनामा वृन्दावनमा राधाकृष्णको हरियो झुला बनाई हरिया ध्वजामा सजाएर राखिने विदुषी शान्ति सुवेदी बताउँछिन्। साउन महिनामा चारैतिरको वातावरण एवं बोटबिरुवा पनि हरिया हुने भएकाले महिलाहरू हरियै भएर हिँड्न रुचाउने उनको धारणा छ। साउन महिनामा विवाहिताहरूले शिवलाई पहेंलो मन पर्ने भएकाले पहेंलो पोते तथा रातो रंग दुर्गाको प्रतीक भएकाले रातो पोते लगाउने गरेका छन्।

असन इन्द्रचोकका पोते व्यापारी रइस उद्दीन साउन महिनालाई ‘पिक सिजन’ मान्छन्। यो महिनामा विशेषगरी रातो, पहेंलो, हरियो एवं रंगीबिरंगी पोते बढी बिक्री हुने रइसले बताए। साउनमा बिहानदेखि बेलुकीसम्म ग्राहकको चाप बढ्ने भएकाले भ्याइनभ्याई हुने अर्का व्यापारी नसिम खान बताउँछन्। पोतेका लागि प्रख्यात असनमा चेकोस्लोभाकिया, भारत, चीन एवं जापानबाट पोते ल्याइने व्यवसायीहरू बताउँछन्। अंगुर, गेडी, फूल डिजाइन, चेन, बटरफ्लाई, चोकर डिजाइनका रंगीबिरंगी पोते अहिले चल्तीमा भएको व्यापारी रइसले जानकारी दिए। पोते विदेशबाट ल्याए पनि डिजाइन भने नेपालमै बनाइने उनले बताए।

साउन महिनामा नयाँ-नयाँ पोते खरिद गरिने हुँदा पनि असन-इन्द्रचोकमा विशेष भीड लाग्ने गरेको छ। साउन महिनामा लगाउन रातो पोतेमा तिलहरी राख्न आएको सुन्दरीजलकी नानु क्षेत्रीका अनुसार साउन महिनामा रातो पोते लगाएर व्रत बस्दा भगवान् खुसी हुन्छन्।

साउनमा पोतेका साथै राता, पहेंला एवं हरिया चुरा लगाउने ट्रेन्ड पनि बढ्दो छ। साउन महिनामा अन्य महिनाको तुलनामा दोब्बर व्यापार हुने चोखाछे गल्लीकी चुरा व्यापारी शशिलता महर्जन बताउँछिन्। अहिले बजारमा चुराका साथै बाला, डोरी एवं टीकाको बिक्री दर पनि बढ्दो छ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah