रामचरति मानसमा एउटा प्रसंगका विषयमा आज हामी तपाइँलाई जानकारी दिन गइरहेका छौं। रावणको वध गरेर राम अयोध्या फर्किए। भरतले रामलाई राजकाल सुम्पिए। एक दिन राम एउटा रुख मुनी बसेर आफ्ना तीनवटै भाइ, भारत, लक्ष्मण र शत्रुघ्नलाई जीनवमा देश, समाज र परिवारको महत्वका विषयमा बताइरहेका थिए।
रामले आफ्ना भाइलार्य समाज र राष्ट्रको हित सबैभन्दा ठूलो हित हो भन्ने बुझाइ रहेका थिए। रामले प्रत्येक परिवारले समाज र राष्ट्रको हितका विषमया सोच्नपर्ने बताएका थिए। रामले भने–जबसम्म हामीले अरुको पीडा र व्यथा बुझ्न सक्दैनौं, तबसम्म राष्ट्रको विकास संभव छैन।’
रामले आफ्नो परिवारमा जुन संस्कार र विचार दिए, त्यो संस्कार र विचार आज पनि हाम्रो परिवारमा उत्तिकै सान्र्दभिक छ। प्रत्येक परिवारले आफ्नो लागि मात्रै होइन, अरुका लागि, समाज र राष्ट्रकालागि पनि सोच्नुपर्छ।
मानिसको प्रेम पूर्वक मिलनबाट परिवार बन्छ र परिवारको व्यवस्थित समूहलाई समाज भनिन्छ। राम्रो र सभ्य समाज नै विकसित र प्रगतिशील देशको आधार बन्छ। जनसंख र मानिसको बस्तीलाई मात्रै समाज भनिदैन, त्यस्तो त समाज कम र भीड धेरै हुन्छ।
वास्तवमा समाज त्यो मानव समुदायलाई भनिन्छ, जसको सबै परिवार र सदस्य एक अर्काप्रति यसरी मिलीजुली गरेर बस्छन् की सबैको विकासमा सहयोगी हुन्छन्। मानव जीवनको अन्तिम उद्देश्य समाजको सहायक बन्न सकोस भन्ने हुनुपर्छ।



