दमक/सरकारले साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ (भीसीटीएस) को विरोधमा आज झापाको दमकमा नेपाली काँग्रेस निकट ब्यवसायीहरुले विरोध र्याली निकालेकाछन् ।
र्यालीको आयोजना लोकतान्त्रिक ब्यवसायी संघ दमकले गरेको थियो ।
अवैध व्यापार र राजस्व छल्ने प्रवृत्तिको अन्त्यका लागि सरकारले यो लागु गर्नु पर्ने बताउदै आएको छ । तर यसमा असन्तुष्ट ब्यापारीहरुले यो तत्काल ब्यवहारिक नभएको बताएकाछन् ।
र्यालीमा प्रकाश प्रशाइ, गोकुल श्रेष्ठ, राजु न्यौपाने, बबरजंग थापा, मुकुन्द उप्रेती, रबि केसी लगायतका संघमा आवद्ध ब्यापारीहरुको सहभागिता रहेको थियो । र्यालीले दमक बजार परिक्रमा गरेको थियो ।




