झापा । झापाको मेचीनगरमा यात्रु वाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका ११ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ गई रहेको बा ५ ख ४४९१ नम्बरको बस आफै अनियन्त्रित भई हडिया पुलमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटना परी मेचीनगर नगरपालिका ७ बस्ने ४६ वर्षीय कमलप्रसाद खनाल, सोही ठाउँका २९ वर्षीय ख्याम बहादुर श्रेष्ठ, ४० वर्षीय धनसिंह राजवंशी, १७ वर्षीय उज्वल सुबेदी र २१ वर्षीय सितल घाइते भएका छन् ।
पाँचै जनाको बिएण्डसी र बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । यता प्रहरीले बससहित बस चालक झापा गाउँपालिका ६ बस्ने ३८ वर्षीय आषिश मुर्मुलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

File photo



