घरबाट वेपत्ता भएका एक वृद्ध तीन दिनपछि मृत अवस्था फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका २ बस्ने ७८ वर्षीय धनबहादुर नेपाली मंगलबार विहान मृत अवस्थामा फेला परेको हो ।
स्थानीय ठूलो पैनीमा उनको शव पानीमा तैरीरहेका अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
वृद्ध नेपाली तीन दिनदेखि घरपरिवारको सम्पर्क भन्दा बाहिर रहेको प्रहरीले जनाएको छ ।
उनलाई पानीले बगाएपछि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यता शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।




