्दमक उद्योग बाणिज्य संघले आफ्नो इतिहासमा पहिलो पटक बार्षिक क्यालेन्डर प्रकाशन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच क्यालेन्डरको बिमोचन गरिएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले क्यालेन्डरको बिमोचन गरेकाहुन् । नयाँ बर्षको शुभकामना सहित भएको बिमोचन कार्यक्रममा कार्यकारी अधिकृत दाहाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु लगायतले बोलेका थिए । बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले आफूहरु ब्यवसायिहरुले नौलो महसुस गर्ने गरि र बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिएका थिए । कार्यक्रमका संयोजक बिमल खतिवडाले स्वागत गरेको कार्यक्रम सञ्चालन द्धितिय उपाध्यक्ष यूवराज घिमिरेले गरेका थिए ।



