दमक/ झापाको दमकमा हिजो सवारी दुर्घटना भएको छ ।
दमक नगरपालिका वडा नं. ७ क्यामपस मोड स्थित पुर्व पश्चिम राजमार्गमा उत्तरबाट दक्षिण तर्फ हाईवे निस्कदै गरेको बा १९ च ३८०५ नम्बरको कारले पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको मे ७ प ३७०४ नम्बरको मोटर साइकललाई ठक्कर दिई पुन सोहि कारले पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे ३ प ५१४३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक कमल गाँउपालिका ५ बस्ने वर्ष २४ को रोशन खतिवडा, स्कुटी चालकझापा गाँउपालिका २ वस्ने वर्ष १९ को केशव कार्की, स्कुटीमा सवार झापा गाँउपालिका २ वस्ने वर्ष १७ को ईश्वर कार्की घाइते बनेकाछन् ।




