दमक/ हरेक वालबालिकाहरुमा कुनै न कुनै क्षमता र प्रतिभा भएको हुन्छ । त्यसमा पनि केहिमा फरक क्षमता रहन्छ जो अरुभन्दा अगाडि बढ्छन् । समाजका लागि अनुकरणिय बन्न पुग्छन् । दमककी प्रेनुसा पाण्डे यतिखेर चर्चामाछिन् ।
झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत प्रेनुसाले विश्वव्यापी आवधिक समिक्षाका लागि बालबालिकाहरुको नेतृत्व तयारी सम्बन्धमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको प्रतियोगितामा प्रदेशबाट उत्कृष्ठता हासिल गरेकीछन् ।
प्रदेशका सबै प्रतिस्पर्धिलाइ उछिन्दै उत्कृष्ठ बनेर उनि काठमण्डौ पुगेकीछन् । शुक्रबार काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्री संग समेत अन्तरक्रियामा उनको सहभागिता रहने बताईएको छ । दमक नगरपालिका वडा नं ८ की उनमा वाकला संगै अन्य प्रतिभाहरु रहेको छ ।
बुबा प्रेम पाण्डे र आमा अनु पाण्डेको कोखबाट उनि २०६२ सालमा जन्मिएकी हुन् । साहित्यीक क्षेत्रमा रुची राख्ने उनि कविता, लघुकथा, मुक्तक, बाल कथा लेख्नेगर्छिन् । झापा मोडल माविका प्रीन्सिपल सागर श्रेष्ठका अनुसार पाण्डेमा असाधरण खुवि र कला रहेको छ ।




