काठमाडौं, १ असोज । अभिनेत्री श्वेता खड्काले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । आफुले निर्माण गरिरहेको सामुहिक माझि बस्तीमा सरकारको सहयोगको अपेक्षा सहित उनले प्रधानमन्त्रीसंग भेट गरेको बताएकी पछन् । श्वेताले स्थापना गरेको श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अन्तिम चरणमा छ । बस्ती निर्माण सम्पन्न गर्न अझै चार करोड रकम अपुग रहेको उनले बताएकी छन् । सोही शिलसिलामा उनले प्रधानमन्त्रीलाई भेट गरेकी हुन् ।

 

प्रधानमन्त्री संगको भेटमा निर्मार्णाधिन माझि बस्तीको प्रगति र चुनौतीका बारेमा उनले जानकारी गराएको बताएकी छन् । उनले आफुले निर्माण गरेको बस्तीका बारेमा प्रधानमन्त्री पहिल्यै नै जानकार रहेको भन्दै खुसी ब्यक्त समेत गरेकी छन् । स्वेताले प्रधानमन्त्रीसंगको भेटको तस्बिर सार्वजनिक गर्दै खुसी ब्यक्त गरेकी हुन् । प्रधानमन्त्रीले आफ्नो कामको प्रशंसा गरेको भन्दै श्वेताले खुसी साटेकी छन् । प्रधानमन्त्रीलाई भेटेपछि सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’

प्रधानमन्त्रीसंग आफुले आधा घण्टा कुराकानी गरेको समेत श्वेताले बताएकी छन् । प्रधानमन्त्री माझि बस्ती निर्माणको कामका बारेमा सकारात्मक रहेको र सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइन् । उनले अहिले पनि सरकारवाट आवश्यक सहयोग पाइरहेको उल्लेख गरेकी छन् । त्यसका लागि श्वेताले सरकार र प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएकी छन् । उक्त बस्तीमा ५३ वटा घर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah