
चौतर्फी उत्पात मच्चिए पछि शुक्रबारको सार्वजनिक विदा फिर्ता हुने भएको छ । चर्को आलोचना पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारतबाट फर्कने दिनको सार्वजनिक बिदा फिर्ता हुने भएको हो ।
शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने सरकारको निर्णय
गृहमन्त्रालयले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको विदा फिर्ता लिने निर्णय गरेको हो । आजको विदा यथावत रहे पनि शुक्रबारको विदा कटौती गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आफ्नो विदेश भ्रमणका बेला विदा दिन नपर्ने पक्षमा थिइन् । तर, सरकारले सोमबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
राष्ट्रपतिको भ्रमण बिशेष सद्भावनाका लागि : भारत
राष्ट्रपति बिद्यादेवी भण्डारीको आजदेखि सुरु हुने पाँच दिने भारत भ्रमणलाई भारतले ‘बिशेष सद्भावना भ्रमण’ को संज्ञा दिएको ।
आफ्नो पहिलो बिदेश यात्रामा ३८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आज भारत तर्फ प्रस्थान गरिसकेकी छिन् । राष्ट्रपतिको भ्रमणलाई भारतले उच्च महत्व दिँदै बिशेष सदभावना भ्रमण भएको बताएको छ ।
नेपाल र भारत दुबै देशमा राष्ट्रपति कार्यकारी नहुने भएकाले दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने छैन । भ्रमणले नेपाल र भारतबीच बिद्यमान सदियौँ पुरानो मैत्रिपूर्ण सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति नेतृत्वको भ्रमण टोली सोमबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति बिदा दिन हुन्न भन्दैथिइन
राष्ट्रपतिले हुँदैन भन्दा पनि सार्वजनिक बिदा । यस्तै चर्चा चलेको छ राजनीतिक वृतमा । आखिर किन दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले २ दिन विदा ? पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले नचाहँदा नचाहँदै पनि सरकारले भारत भ्रमणका क्रममा बिदा दिएको रहस्य सार्वजानिक भएको छ ।
आफ्नो भारत भ्रमणको बेला सरकारले विदा दिन लागेको पत्ता लागे लगत्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग चासो ब्यक्त गरेको उच्च समाचार स्रोतले बताएको छ ।
तर, प्रधानमन्त्रीले बिदा दिने निर्णय गरिछाडे । राष्ट्रपतिले चासो नै नराखेको सार्वजानिक विदाबारे राजनीतिक वृतमा ब्यापक बहस भएको छ । भ्रमणलाई राजकीय बनाएर विदा दिए पनि यसको पछाडि निकै ठूलो रहस्य हुन् सक्ने विज्ञहरुको दाबी छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी गत कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक विदा दिएको थियो । जसको सामाजिक सञ्जालमा देखि आम नागरिकमा उत्पात बिरोध भएको थियो । उता जान्ने बुझ्नेहरु भन्छन् , ‘विदा नदिए भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा दिएरको विदाले उत्पात होला भनेर यसो गरेको हुन सक्ने बताउछन् ।
उता २ दिन विदाको दोष पनि राष्ट्रपतिलाई जाने देखेर सरकारले जानाजान राष्ट्रपतिलाई फसाउने षडयन्त्र गरेको स्रोतको दावी छ तर राष्ट्रपति भण्डारी स्वयम् बिदा दिन नहुने पक्षमा उभिएको समाचारले भने उनी प्रचण्ड सरकारको गन्जागोल नीतिबाट पन्छिएकीछन् ।
भारत भ्रमणका विषयमा छलफल गर्न आइतबार राष्ट्रपति कार्यालयमा कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारहरुको बैठक बोलाइएको थियो । बैठकमा समेत राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने प्रस्टै राखेकी थिइन् । सरकारले बिदा दिन लागेको भनेर लागेको कुरा यस अगाडिनै राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल उठाएका थिए । राष्ट्रपतिको यो कुरा सुनेपछि उनका सल्लाहकार तथा कर्मचारीहरुले समेत बिदा नहुने अडानमा थिइन् ।
तर, हिजो आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाइयो र राष्ट्रपतिको इच्छाविपरीत सार्वजनिक बिदाको निर्णय गराइयो । प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले राष्ट्रपति जाने दिने सोमबार र फर्कने दिन शुक्रबार बिदा दिने निर्णय गरेको हो ।
वास्तवमा ,यसअघि राजा अर्थात राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा बिदा दिने चलन थियो । गणतन्त्रपछि राष्ट्रपति बनेका रामवरण यादवका पालादेखि यो चलन तोडिएको थियो। सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर, माधवकुमार नेपाल नेतृत्वको तत्कालिन सरकारले रद्द गरिदिएको थियो ।
उता,सरकारले दिएको सार्वजानिक विदालाई लिएर वरिष्ठ वकिल कुमार रेग्मीले फेसबुक मार्फत तिखो प्रहार गरेकाछन् । विश्वमा काम नभएका मूर्खहरू बसेको देश भनेको नेपाल हो भन्ने पारे यिनीहरूले । कहिले छुटकारा मिल्ला यिनीहरूबाट भन्ने सर्वसाधारण सहित संसारभरिका नेपालीमा पर्ने भो ।
राजकीय भ्रमणको परम्पराअनुसार उनलाई भारतीय राष्ट्रपति भवनमा राखिनेछ । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नेछिन्।
मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ ।
दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।



