दमक/ नरेन्द्र बस्नेत औषधिको क्षेत्रमा नौलो नाम होइन । औषधि ब्यवसायीको नेतृत्वकर्ताको रुपमा समेत उनको परिचय छ । निडर स्वभाव र स्पष्टबक्ता भएका कारण पनि उनले ब्यवसायिक हितमा सधै अग्रभागमा रहेर काम गर्दै आएकाछन् ।
नेपाल औषधि ब्यवसायी संघ मेचीका निवर्तमान अध्यक्ष बस्नेत अब पहिलो पटक हुन लागेको संघको प्रदेश समितिमा महासचिवको उम्मेदवार बन्ने भएकाछन् । उनले आफ्नो उम्मेदवारी घोषणा पनि गरेकाछन् ।
ब्यवसायीक हित र प्रवद्र्धनमा लाग्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताउदै कुनै पनि औषधि ब्यवसायीहरुले असुरक्षित महसुस गराउन नदिने कार्ययोजना सहित आफु अघि बढ्ने उनि बताउछन् ।
मेची शाखामा रहदा उनले गरेको कार्य सम्पादन र भूमिकाले अहिले उनलाइ लोकप्रीय बनाएको छ । ब्यवसायीहरुको सल्लाह र सुझाव अनुसार नै आफु अघि बढेको बस्नेत बताउछन् ।
दमक र बिर्तामोडमा रहेर उनले ब्यवसायलाइ समेत निरन्तरता दिदै आएकाछन् । आफ्नो ब्यवसायीक सफलतासंगै संस्थागत सफलताका लागि आफु दृढ संकल्पित रहेको उनि बताउछन् ।




