काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले जनयुद्धकालमा कुनैपनि बेला मारिने या पक्राउ पर्ने सोचेका थिए होलान् । जोखिमयुक्त जनयुद्धपछि राजनीतिक मूलधारमा आएपछि राजनीतिमा आरोह अवरोह स्वाभाविक नै हो । तर, आफू सभामुख हुँदा सचिवालयकी कर्मचारीमाथि जर्बजस्तीको अभियोगमा पक्राउ परिन्छ भन्ने सपनामा पनि चिताएका थिएनन् होला । त्यो पनि बडा दशैंको अष्टमीको साँझ ।

शक्तिपीठहरुको पूजा गर्ने दिन महरा निरिह बने । उनी सभामुखको सरकारी निवासबाट पक्राउ पर्दा उनको सुरक्षामा खटिएका प्रहरीहरु हेरेको हेरै भए ।

महरालाई पक्राउ गर्न नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले निकै छलफल गरेका थिए । यो प्रकरणले पार्टी र सरकार समेत बदनाम हुने अवस्था देखिएपछि उनीहरु कठोर कदम चाल्न वाध्य भए ।

गृहमन्त्री बादलले प्रहरीले बुझाएको रिपोर्ट पार्टी अध्यक्षहरुसमक्ष जानकारी गराएका थिए । सर्वत्र दबाब बढेपछि महरा पक्राउको निर्णय लिन सरकार वाध्य भयो ।

अष्टमीको साँझ महरा पक्राउ परेपछि सबैभन्दा ठूलो पीडा महरा परिवारमा परेको छ । उनका दुई छोरा पनि जनयुद्ध लडेर आएका हुन् । यो घटनाले उनीहरुको राजनीतिमा समेत धक्का पुगेको छ ।

महरा परिवारका लागि यो दशैं दशा बनेको छ । दशैको मुखमा महराको सभामुख पद गएको छ । उनको दशैं हिरासतमा हुनेछ ।

नेपालको इतिहासमा महिलामाथिको जर्बजस्तीको अभियोगमा हिरासतमा पुग्ने हाइप्रोफाइल बनेका छन् महरा । यो घटनाको अनुसन्धान बाँकी नै रहेको र अदालती प्रक्रिया बाँकी नै रहेकाले के होला निक्र्यौल गरिहाल्न सकिने अवस्था छैन ।रिर्पोटसनेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah