यस पटक लक्ष्मी पूजा कार्तिक २ गते बिहिबार परेको छ। यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्न सक्छ।यहाँ जानुहोस् लक्ष्मी पूजाको दिन कुन-कुन चीज बिशेष रूपमा चढाउनु पर्छ।

१. लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस्। उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिए पछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

४. पूजाको साझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

५. यस रात पाँच साबुत सुपाडी ,कालो बेसार पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

 

यो पनि पढ्नुस्

अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको नर्सिङ संकाय खारेजीसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआ ईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

यद्धपी नेपालस्थित रहेका विभिन्न दलालहरुलाई भने सरकारले कारबाही गर्न सकेको छैन । विद्यार्थीहरुले नाम लिएका केही ठूला कन्सल्टेन्सीका सञ्चालकहरुले विद्यार्थी पठाएका थिए । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्रान्ड एम्बेस्डर रहेको एक्सपर्ट भिसा एण्ड एजुकेशन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी सो कलेजमा पठाएको बुझीएको छ । सञ्जिव शर्मा मालिक रहेको उक्त कम्पनिलाई सरकारले अहिलेसम्म छानबिनको दायरमा ल्याएको छैन ।

त्यस्तै मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत दर्जनौँ कन्सल्टेन्सलाई छानबीन गर्नुपर्ने माग बढेको छ । मर्सि एजुकेशन कन्सल्टेन्सीबाट दर्जनौँ संख्यामा एआइबिटि कलेज पु गेको बताइन्छ । राम तन्डन क्षेत्री नामक व्यक्ति उक्त कम्पनिको अध्यक्ष रहेका छन् । अधिकांश सञ्चालकले फोन अफ गरेर भागेका छन् । मर्सि एजुकेशनका मालिक राम तन्डन क्षेत्री फरार छन् । स्रोतका अनुसार उनी अष्ट्रेलिया पुगेका छन् । त्यहाँबाट १८ जना विद्यार्थी अष्ट्रेलिया गएको र विचल्ली भएको बताइन्छ ।

 

त्यस्तै नेपालकै प्रतिष्ठित भनिएको अल्फा बिटाबाट गएका विद्यार्थी पनि विचल्ली भएका छन् । अल्फा बिटाले २ जना आफ्नो विद्यार्थी विचल्ली भएको जनाएको छ । यद्धपी सञ्चालक अध्यक्ष द्वीराज शर्मा भने फरार छन् । उनको कार्यालयमा फोन गर्दा शर्माको नम्बर दिन नमिल्ने र मिडियासँग स मेत बोल्न नमिल्ने बताए । त्यस्तै कंगारु एजुकेशनबाट गएका दर्जनौँ विद्यार्थी विचल्ली भएका छन् ।

सञ्चालक महेशबाबु तिमिल्सता पनि मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् । उनका कर्मचारीका अनुसार उनी पनि भारत फरार भएका छन् । मेलाको नाममा भारत गएको भनिएपनि उनी विद्यार्थी विचल्ली भएकै कारण फरार छन् । बढी कमिसन आउने लोभ मा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो ।अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने सो क्षेत्र का विज्ञहरुको बनाई छ । यता सनराईज एजुकेशनका दर्जनौँ नेपाली अष्ट्रेलियामा अलपत्र छन् ।अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी इम्पल्सका सन्दीप अर्याललगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन् । सनराईजका मालिक उपेन्द्र सेँडाई सामाजिक सञ्जालमा प्रश्नोत्तर गरेर बसिरहेका भएपनि उनलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।त्यस्तै काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालले ५ जना विद्यार्थी पठाएका थिए ।

 

ती सबै अहिले बिच्चली अवस्थामा छन् । रिजालले आफू निरन्तर विद्यार्थीकै सम्पर्कमा रहेको र उद्दारका लागि पहल भइरहेको बताए । इक्यानकै अध्यक्षको कन्सल्टेन्सी एआइबिटि कलेजको नेपाली एजेन्ट ! शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेकै कन्सल्टेन्सी अष्ट्रेलियामा नेपाली विद्यार्थी विचल्ली बनाउने एआइबिटी कलेजको एजेन्ट रहेको पाइएको छ । उनको स्वामित्वमा रहेको रोयल एजुकेशन फाउन्डेशनले उक्त कलेजको एजेन्टको काम गर्ने गरेको पाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah