एजेन्सी / विशेषतः मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ ।मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ ।

हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा अपरम्पार रहेको छ ।भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हामा्रे जिवन पनी सुखी र खुुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गनुपर्दछ भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनी यो कुरा पुष्टी हुन जान्छ ।
प्रायजसो तिलको लड्डु चढाएर साथै फुल ,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ ।गणेश भगवानलाई खुसी पारी आप्mनो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागी पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

पहिला तपाईलाई पुजाको लागी तयार पार्नुहोस:
१. गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस

२. गणेश मन्दीरर्मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस
३. स्नान गरी चोखो ,सफा सुग्घर बन्नुहोस
४. पुजाको लागी आवश्यक सफा जल,जौँ तिल फुल र अक्षता एकैठाउँमा संग्रह गर्नुहोस

पुजा गर्ने विधि:
१. सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाईदिनुहोस
२. दियो जलाईसकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाईदिनुहोस
३. महिला भक्तजन भएमा आप्mनो सारी अर्थात सलले पुजा समयमा आप्mनो शिर छोप्नुहोला
४. अब अगरबत्ती जलार्इृ त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस
५. फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस
६ .गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस
७. तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस
८. गणेश भगवानसंग बोल्नुहोस ,केहि इच्छीत कुरा भए माग्नुहोस ,र तपाँई उहाको भक्त भएको भान गराउनुहोस
९. भगवानको शिरमा टिका लगाईदिई आफुपनी लगाउनुहोस र अरुलाईपनी लगाईदिनुहोस
१०. सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस ,खुवाउनुहोस

माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ तपाँई हामी पनी आज मंगलबार कार्यसिद्दी विनायक गणेश भगवानको पुजा आराधना गरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय