१. शनिदेवको वाहन हाँस : शनिको वाहन हाँस यसलाई शुभ मानिन्छ। आफ्नो बुद्धि र मेहनतले भाग्यको पुरा सहयोग लिन सकिन्छ। यस अवधिमा आर्थिक अवस्थमा सुधार देख्न सकिन्छ। हाँसलाई शनिको वाहन मध्य सबैभन्दा राम्रो मानिन्छ।

२. शनिदेवको वाहन मयुर : शनिको वाहन मयुर भयो भने शुभ संकेत मिल्छ। यो समयमा आफ्नो मेहेनतको साथमा भाग्यको पनि साथ मिल्छ। यो समयमा समझदारीले काम गर्नाले ठूलो समस्याबाट पनि पार हुन सकिन्छ।

३. शनिदेवको वाहन स्याल : यदि शनिको वाहन स्याल भयो भने शुभ संकेत मिल्दैन। यो समयमा अशुभ समाचार धेरै सुन्न पर्ने सम्भावना बढ्छ । यस्तो स्थितिमा हिम्मतले काम लिनुपर्छ।

४. शनिदेवको वाहन भैंसी : यदि शनिदेवको वाहन भैंसी भयो भने मिश्रित फल प्राप्त हुन्छ। यो स्थितिमा समझदारी र होशियारी पुर्बक काम गर्नु राम्रो हुन्छ । यदि सावधानीले काम गरेन भने नराम्रो संकेत देखा पर्छन।

५. शनिदेवको वाहन काग: शनिको वाहन काग भयो भने त्यो समयमा असामंजस्य मा वृद्धि हुन्छ। परिवार र अफिसमा कुनै मामलालाई लिएर असामंजस्य वा संघर्षको स्थिति आयो भने त्यसबाट बच्न पर्छ। यो समयमा शान्ति, संयम र समस्या समाधान गर्न बातचीत गर्ने प्रयास गर्नुपर्छ।

६. शनिदेवको वाहन हात्ती: शनिको वाहन हात्ती भयो भने यसलाई अशुभ मानिन्छ। यसले मान्छेको आशा विपरित फल दिन्छ। यो स्थितिमा साहस र हिम्मत काम लिनुपर्छ।

७. शनिदेवको वाहन सिंह : शनिको सवारी सिंह भयो भने शुभ फल मिल्छ। यो समयमा बुद्धिमानीपूर्वक र चतुराईले काम लिनु पर्छ यसले शत्रु पक्षलाई पराजित गर्न मद्दत गर्छ।

८. शनिदेवको वाहन घोडा: यदि शनिदेवको वाहन घोडा भयो भने शुभ फल मिल्छ। यो समयमा समझदारीले काम लिनु भयो भने शत्रुसँग सजिलै बिजयी प्राप्त हुन्छ। घोडालाई शक्तिको प्रतिक मानिन्छ। त्यसैले मानिस यो समयमा जोश र जाँगरले भरिएको हुन्छ।

९. शनिदेवको वाहन गधा: शनिदेवको वाहन गधा हुन्छ भने यसलाई अशुभ मानिन्छ। शुभ फल प्राप्तमा कमि आउछ। यो स्थितिमा काममा सफलता प्राप्त गर्नको लागि धेरै संघर्ष गर्नुपर्छ।

शनिदेवलाई हिन्दु धर्ममा न्यायको देवता मानिन्छ। धेरै मानिसले शनिदेवलाई कठोर मान्छन किनकी शनिको डरले धनवान व्यक्ति पनि दरिद्र बन्छ। तर यो सही होइन, वास्तबमा शनिदेव न्यायको देवता हुन् र उनको न्याय निष्पक्ष हुन्छ। निष्पक्ष न्यायमा सजाय पनि मिल्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah