काठमाडौं/ कात्तिक मासको शुक्ल पक्षको चतुर्दशी सोमबार २५ गते अर्थात ११ नोभेम्बरमा परेको छ । यसलाई बैकुन्ठ चतुर्दशी पनि भनिन्छ । यो दिन भगवान विष्णु तथा शिवजीको विशेष पूजा गरिन्छ ।

देवशयनी एकादशी अर्थात चतुर्मासको सुरुवातमा भगवान विष्णुले सृष्टिको भार भगवान शिवलाई सुम्पेर आफूले विश्राम लिने धार्मिक मान्यता रहेको छ ।

यो चार महिना सृष्टिको सञ्चालन शिवजीले गर्ने छन् । देवउठनी एकादशीमा भगवान विष्णु जाग्ने र बैकुन्ठ चतुर्दशी तिथिमा भगवान शिवजीले सृष्टिको भार फेरि विष्णुलाई सुम्पने विश्वास गरिन्छ ।

यो दिन शिवजी र विष्णुको विशेष पूजा गरे लाभ मिल्ने धार्मिक विश्वास रहेको छ ।

१. बैकुन्ठ चतुर्दशीमा बिहान तथा साँझ गणेश भगवानको पूजा गर्नुहोस् । यसपछि भगवान विष्णुको प्रतिमा तथा शिव लिङ्गको पूजा गर्नुहोस् । भगवान विष्णुलाई केसर, चन्दन मिसाएको जलले स्नान गर्दिनुहोस् । चन्दन, पहेलो वस्त्र, पहेलो फूल पनि चढाउनुहोस् ।

२. शिव लिङ्गलाई दूध मिसाएको जलले स्नान गरेपछि सेतो फूल, अक्षता, बिल्वपत्र चढाउनुहोस् । दुवै भगवानलाई कमलको फूल अर्पित गर्नुहोस् ।

३. दुवै देउतालाई दूधबाट बनेको मिठाइको भोग लगाउनुहोस् । दीप वा धुप जलाउनुहोस् । आरती गर्नुहोस् । यसका साथै मन्त्रको जाप पनि गर्नुहोस् ।

यसका लागि तपाईंले यी मन्त्र उच्चारण गर्नु भयो भने तपाईंले गरेको प्रार्थना तथा भक्तिभाव अझ प्रभावकारी हुनेछ ।

विष्णु मन्त्र

पद्मनाभोरविन्दाक्ष: पद्मगर्भ: शरीरभूत्। महर्द्धिऋद्धो वृद्धात्मा महाक्षो गरुडध्वज:।।
अतुल: शरभो भीम: समयज्ञो हविर्हरि:। सर्वलक्षणलक्षण्यो लक्ष्मीवान् समितिञ्जय:।।

शिव मन्त्र

वन्दे महेशं सुरसिद्धसेवितं भक्तै: सदा पूजितपादपद्ममम्।
ब्रह्मेन्द्रविष्णुप्रमुखैश्च वन्दितं ध्यायेत्सदा कामदुधं प्रसन्नम्।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah