संसारका केहि ठाउँमा अचम्मका घटनाहरु घटिरहन्छन् । भगवानलाई कसैले मान्छन् त कसैले मा’न्दैनन पनि । भगवानलाई जुन ठाउँका मानिसहरुले मान्दैनन् त्यहि ठाउँमा भगवानको चमत्कारलाई धेरै विश्वास गरिन्छ । मानिसहरु प्रत्येक दिन मन्दिर जान्छन्, पूजा गर्छन र दीयो बाल्छन् । तर के तपाईलाई थाहा छ ?
भारतको एउटा मन्दिरमा दियो तेल, घिउबाट होइन पानीबाट बालिन्छ । अन्तर्राष्ट्रिय स’ञ्चारमाध्यामका अनुसार यो मन्दिर भारतको मध्य प्रदेश अन्तर्गत शाजापूर जिल्लाको गडिया गाउँमा गडियाघाट माताको मन्दिर छ । यो मन्दिर कालीसिन्ध नदीको किनारमा छ । सञ्चारमाध्यामका अनुसार गत ५ वर्ष यता यो मन्दिरमा घिउ, तेलबाट नभएर पानीबाट दीयो बाल्दै आइएको छ ।
पुजारी सिद्धु सिंहका अनुसार यो मन्दिरमा तेल, घिउ, डिजेल जस्ता बिभिन्न प्रकारका इन्धन दियो बाल्नको लागि चाहिदैन । यहाँ मात्र पानीले दीयो बल्छ । उनका अनुसार माताले सपनामा आएर पानीले दियो बाल्ने आग्रह गरेपछि पुजारी सिंहले दीयोमा पानी हालेको र नभन्दै दीयो पानीबाट बलेपछि अचम्ममा परेका थिए । पुजारी यो चमत्कार देखेर डराएका पनि थिए । उनले यो बारेमा २ महिनासम्म कसैलाई ब’ताएनन् ।
तर केहि समयपछि गाउँलेलाई बताउँदा गाउँलेले नै उक्त कुराको विश्वास गरेनन् । जब पूजारीले दीयोमा पानी हालेर दियो बाले तब गाउँलेको हो’स उड्यो । यो मन्दिरमा कालीसिन्ध नदीबाट पानी ल्याएर दियोमा हालीन्छ । दि’योमा पानी हाल्ने बित्तिकै पानी चिल्लो पदार्थमा परिणत हुन्छ । यो मन्दिरमा वर्षाको समयमा भने दियो बालिँदैन । किनकी नदीमा अत्याधिक बाढी आउने हुँदा नदीले मन्दिर छोप्छ ।




