झापाको दमकमा गुण्स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले ५ बर्षअघि स्थपना भएको शुभकिरण हेल्थ केयर सेन्टरले भिडियो एक्स रे का लागि अत्याधिक सुबिधा सम्पन्न भिडियो एक्स रे सञ्चालनमा ल्याएको छ । समय सापेक्ष र नयाँ प्रविधिको प्रयोग गर्नु पर्छ भन्ने लागेर नयाँ ढंगले हेल्थ केयर सञ्चालनमा ल्याइएको हो ।

4D भिडियो एक्स रेको सेवा शुरु गरिएको हेल्थ केयरका सञ्चालक अनिल सुबेदीले बताए । मेची अञ्चलमा कहि पनि अहिलेसम्म यो मेशिन ल्याइएको छैन । 4D भिडियो एक्स–रे गर्भवती महिलाहरुको पेटमा रहेको बच्चाको अवस्था, बच्चा चलेको लाइभ देख्न र बच्चाको अनुहार देख्न तथा फोटो, भिडियो लिन सकिनेछ । थाइराइड तथा ब्रेस्टको भिडियो एक्स रे पनि यसबाट हुने जनाइन्छ ।

इको, टिभिएस सेवा गाइनोकोलोजिष्टबाछ, १२ च्यानल भएको आधुनिक मेशिनबाट इसिजि सेवा पनि प्रदान गर्न शुरु गरेको दमकमा पत्रकार सम्मेलन गरेर सुबेदीले जानकारी दिए । दैनिक रुपमा जेनेरल फिजिशियन तथा सर्जन डा. प्रकाश शर्मा, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. बिमला बुढाथोकी,बरिष्ठ रेडियोलोजिष्ट डा.दिब्य तुलाचन र नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डा. रुपेशकुमार सिंह लगायतबाट सेवा प्रदान हुदै आएको उनले जनाए ।

यसैगरि हेल्थ केयरको तर्फबाट पत्रकार तथा सञ्चारकर्मीका लागि पनि केहि गर्नु पर्छ भन्ने सोच अनुसार पत्रकार मञ्च दमकसंग समन्वय गरेर पत्रकार तथा सञ्चारकर्मीको परिवारलाइ ओपिडिमा शत् प्रतिशत छूट र अन्य भिडियो एक्स रे, ल्याव लगायतका सेवामा ४० प्रतिशत छूट दिइने सुबेदीले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय