एजेन्सी- बिहिबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संकार गरिएको छ । उनको अन्तिम संकार मुम्बइको चन्दनवाडीमा चार बजे गरिएको हो ।

६७ बर्षको उमेर निधन भएका अभिनेता ऋषिको अन्तिम संकारमा उनकी छोरी रिद्दिमा पनि उपस्थिति भएकी छिन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी भएका छन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्रै थिए । उनको संकार विद्युयित शव गृहमा गरिएको हो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए ।

सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय