झापाको दमक ४ का लक डाउन प्रभावित बिपन्नहरुका लागि दमक एकता युवा क्लबले आज वडा कार्यलयसगको समन्वयमा खाध्यन्न राहत प्रदान गरेको छ ।
क्लबले ३५ परिवारका लागि चामल , तेल, दाल लगायत अत्यावश्यक खाध्यन्न राहत प्रदान गरेको हो ।
क्लबका अध्यक्ष समेत रहनु भएका वार्ड सदस्य मणिराज धिमालका अनुसार क्लबका उपाध्यक्ष असिम राइ , दीपक फुयाल लगायतको समुहले वडाध्यक्ष कुमार साम्सुहाङलाई राहत सामग्री हस्तान्तरण गरि वडासगको समन्वयमा आजनै लक्षित वर्गलाइ सामाजिक दुरी कायम राख्दै बितरण गरेको धिमालले जानकारी दिनु भयो ।



