राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छन् । बिहान आँखा खुल्दा कतिले सपना सम्झिएका हुन्छन् त कतिले बिर्सन्छन् । तर हरेकसँग मनमा अनेकन तर्कना हुन्छ । त्यहि तर्कनाका कारण तपाई सपना देख्नुहुन्छ । सपनाले जीवनमा घ’ट्ने अनेकौ घट’ना वा कुनै कुराको संकेत गर्दछ भन्ने बिश्वास गरिन्छ ।ज्योतिष विज्ञानले भन्छ “सपनाले मानिसको शुभ/अशुभ बारे पनि अगाडी नै संकेत गर्दछ ।”

ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । धेरैको भनाइमा कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृ’त्युको अगाडी अनौठो सपना देखिन्छ । त्यसो त कतिपयलाई नराम्रो सपना देखेको भोलिपल्ट झसंग हुने, आत्तिरहने, अलमल पर्ने, दिक्क लाग्ने, नैराश्यता छाउने, ज्यान भारी भएजस्तो जस्तो हुने, टाउको दुख्ने, मन आत्तिरहने जस्ता समस्या पनि देखिन्छन् ।तर त्यस्ता अशुभ सपनाको असर मष्तिष्कमा धेरै लामो समय रहिरहँदैन ।ज्योतिष विज्ञानका अनुसार यी सपनाहरुको फल अशुभ हुन्छ ।

१. कालो रंग

कालो रंगको अर्थ हुन्छ – थाह नभएको, अचेतन, ख’तरा, रह’स्य, अन्धकार, मृ’त्यु, शो’क, ति’रस्कार, घृ’णा वा द्वे’ष। यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाई आफ्नो बारेमा बुझ्न डाकिरहेको छ। भनिन्छ, यसको सांकेतिक अर्थ हुन्छ : प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

२. सर्प

अर्थ लागाउन गाह्रो संकेत हो – सर्प । फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भ’याकन डरको संकेतदेखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

३. कालो बिरालो

कालो बिरालोलाइ र’हस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुँदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ ।

४. दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृ’त्यु हुन्छ भन्ने भनाई प्रचलित छ – गाउँघरमा। तर दाँत दु’खेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

५. कालो चरा

कालो चरालाइ ‘मृ’त्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरे’का हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।त्यसैले मानिसहरु भन्ने गर्छन् – “कागको सपना देख्नु अशुभ संकेत हो ।”

६. बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने पनि अशुभ संकेत हो ।”

७. डुब्न लागेको मानिसलाइ बचाउँदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाएको सपना पनि त्यति राम्रो मानिँदैन।

८. यात्राको योजना

सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान नै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाको संकेत राम्रो होईन भनिन्छ।

९. दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

१०. नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने त्यो राम्रो होईन भन्ने गरिन्छ। कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने ज्योतिषीय परामर्श लिनू राम्रो हुन्छ।

११. एक्लै पिउनु

सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ। यस्तै भगवान शिव सपनामा देख्नु वि’पत्तिको ना’श, देवी देख्नु रोगबाट मुक्ति र सरस्वती देख्नु ज्ञानमा वृद्धि हुन्छ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah