के तपाई बुद्ध पूजा-आजा र जप- मन्त्रमा विस्वास गर्नुहुन्छ ? गर्नु हुन्छ भन्ने गर्नुस्, त्यसले एक छिन भए पनि तपाईको मनलाई शान्त गरिदिन्छ । तर त्यसरी पूजा-आजा र जप-मन्त्र जप्दैमा तपाईले बुद्धको आशिर्वाद र तपाईले सोच्नु भएको मुक्ति चाहिँ कुनै हालतमा प्राप्त हुन सक्दैन ।एकपल्ट बुद्ध स्वयंले भन्नुभएको छ ।”यदि कसैले मलाई हेर्न चाहन्छ भने, मेरो उपदेशहरु हेर र तिनिहरुलाई अभ्यास गर ।” बुद्धले भन्नू भएको यो कुरालाई के तपाई हामीले गलत हो भन्न सक्छौ ?

बुद्धले कहिले भन्नुभएको छ कि म ईश्वरको पुत्र हुँ वा दुत हुँ भनेर ? न त उहाँले म पहिलेको कुनै बुद्धको अवतार नै हुँ भनेर भन्नू भएको छ ।तर वास्तवमा बुद्ध पनि तपाई, हामी जस्तै साधारण मान्छे थिए । संसारमा रहेको हरेक ब्यक्ति बुद्ध हो । हामीमा बुद्धत्व प्राप्त गर्नलाई चाहिने गुण मात्र १,२ % प्रतिशत छ तर गौतम बुद्धसँग १००% थियोे । त्यसैले उहाँले बोद्वित्व प्राप्त गर्नु भयो !

आज गौतम बुद्धको जीवनी र उहाँले दिनु भएको उपदेशहरुलाई राम्रो सित बुझेर अभ्यास गर्ने हो भने जो कोहि ब्यक्तिले पनि बुद्धत्व प्राप्त गर्न सकिन्छ । बुद्धले प्रष्ट भन्नू भएको छ र आफुले अभ्यास र अनुभव गरेर देखाई दिई सक्नुभएको छ !के तपाई – हामीमा भएको क्लेशलाई त्याग्न सक्छौ ? के तपाई – हामी, परमाणुलाई टुक्राएर शुन्यताको अनुभव गर्न सक्छौ ?

के क्लेशको बादल र शुन्यताको बादललाई पन्छाएर ज्ञान ,करुणा र अरुलाई दिन सक्ने शक्तिको बिकास गर्न सक्छौ ? यदि तपाई, हामीले यो तीन चिज गर्न सक्यौ भने हामी पनि बोद्वित्व प्राप्त गर्न सक्छौ र पुर्ण रूपमा बुद्ध बन्न सक्छौ !तर आजभोलि आफुलाई गौतम बुद्धका शिष्य र बुद्धका कट्टर (बुद्धिष्ट) भनाउदा केही ब्यक्तिहरुले बुद्ध धर्मलाई कर्म काण्ड, पूजा-आजा र जप- मन्त्रमा सिमित राखेका छन् । आज उनीहरुको लागी बुद्धको उपदेश र अभ्यास गर्ने कुरा त क्या हो क्याहो ?हाम्रो समाजले बुद्धलाई गुरुको रूपमा आदर गर्नुपर्छ र उहाँको उपदेशहरुलाई अभ्यास गरि उहाँको आशीर्वाद प्राप्त गर्नुपर्छ । बुद्धको आशीर्वाद प्राप्त गर्नु भनेको:

१. बुद्धको लीलालाई राम्रोसंग जान्नु हो । २. चार आर्य सत्यलाई जान्नु हो ।
३. क्लेशबाट मुक्त हुने कोशिस गर्नु हो । ४. शुन्यताको बोध गर्न सक्नु हो ।
५. ज्ञानको प्राप्ति गर्दै प्राणीहरु प्रति करुणा भाव राख्दै आफुले जानेको कुरा अरुलाई सहयोग गर्न सक्ने शक्ति हुनु हो ।

(वास्तवमा “हरेक दिन” गुम्बा, विहारमा सिकाउनै पर्ने कुरा)याद राख्नुस् यदि तपाई कुनै पनि बुद्धिष्ट स्थलहरुमा जाँदै हुनुहुन्छ भने बुद्धप्रति श्रद्वा प्रकट गर्नुस् न कि… !-janatalive

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah