दोलख । दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका वडा नं २ सुकाठोकरमा आपत विपत्त साथै दुर्घटनाबाट जोगाउने प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महदेवको शिलामा २ नागले बेरेर बस्न थालेपछि आन्तरिक धार्मिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।सदरमुकाम चरिकोटबाट ४ कोष पूर्वी दक्षिणी भेकमा पर्ने प्रसिद्ध गाइखुरा मन्दिरमा शनिबार सोमबार विहीबारको दिन वेद चण्डी सभालाख बत्ती बाली रुद्री गरी पुजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको व्यवस्थापन संस्थाका अध्यक्ष क्रृषिराम दाहालले बताएका छन् ।
तीन शक्ति भएका गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री गरी दर्शन तथा पुजापाठ गर्नाले मनोकामना पुरा हुने विद्या बढ्ने अकालमा मृत्यु नहुने, रोग व्याधी ठिक हुने बालबच्चा नभएको जोडि आफैं पुगेर दर्शन गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ ।तीन अवतार भएको शिलामा जलधाराबाट दिएको जल, गाईको दुध शिलामा आफैं सोसिन्छ । साठी लिटर गाईको दुध आठ नौ घण्टासम्म भक्तजन आफै बसेर वेद, चण्डी, रुद्री गर्दा जलधाराबाट दिएको सबै दुध शिलामा नै सोसिएको भक्तजनहरुले नै बताउने गर्दछन् ।
देशविदेशमा भौंतारिएर लाखौं खर्च गर्दा पनि निको नभएको रोग लगाएत हरेक समस्याहरु तीन लिटर तिलको तेल बालेर दर्शन गरेपछि ठिक भएको पाईन्छ । गाईखुरा महादेवको शिलामा बाघको पञ्जा, गाईको थुन, खुर, शिवलिङ्ग र दुई जिवित सर्प स्पष्ट देख्न सकिन्छ । मान्छेको जीवनमृत्युको कुनै भविष्यवाणी गर्न नसकिए पनि गाईखुरा महादेवको धार्मिक विधि अनुसार पूजा दर्शन गर्नाले धेरै ठूला संकट पर्दा पनि सबै जना सुरक्षित रहेको हुदा स्थानीय बासिन्दाले पालैपालो गरी दैनिक पुजाआजा गर्दै आएका छन् ।



