काठमाडौँ । जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ।जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।’पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्’।

स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो ।यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक पूर्वाधारको अभावले समस्या उत्पन्न गराएको छ’।भौगोलिक तथा शैक्षिक अध्ययन-अनुसन्धानका लागि जिरी प्राविधिक शिक्षालय उपयुक्त गन्तव्य हो। धेरै टाढा-टाढाका विद्यार्थीहरू यो शिक्षालयमा आइपुग्छन्। पर्याप्त भौतिक पूर्वाधार एवं गुणस्तरीय शैक्षिक स्तरका कारण धेरै विद्यार्थीको मन यो शिक्षालयले खिचेको छ’।

जिरी पुग्ने प्रायः पर्यटक पैदल यात्रा गर्न रुचाउँछन् । हिमाली गाईको दूधबाट बनेको चीज पनि यहाँको विशेषता हो । जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दैछ’।विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah