काठमाडौँ । जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर पश्चिमाञ्चलको प्रसिद्ध धामिर्कस्थल बागलुङको बलेवा भैरवस्थान मन्दिर प्रचारप्रसार र ब्यबस्थापनको अभाबमा ओझेलमा पर्दै गएको छ । कालभैरबको रुपमा परिचित भैरव मन्दिरमा नवदुर्गा लगायतका बिशेष पर्वहरुमा ठुलो मेला लाग्दै आएको छ ।

भैरव देवताको भाकल गरेमा आँटेको पुरा हुन्छ भन्ने बिश्वासमा बागलुङ, पर्वत, कास्की, स्याङजा तथा गुल्मी लगायत देशैभरीका बर्षेनी ठुलो संख्यामा तीर्थालुहरु आउने गरेका छन् । १५ औं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाईकाबीच झगडा परेपछि एक भाई छुटिएर बलेवामा आएको र भैरव पनि छुट्याएर यही ल्याएर स्थापना गरेको विश्वास गरिन्छ ।मागेको कुरा पुरा भएको भक्तजनको भनाई रहेको भन्दै मन्दिरका पुजारीले मन्दिरलाई परिवर्तन गर्नका लागी समितिको सल्लाह भैरहेको बताउनुभयो।

करिब १७ सय मिटरको उचाईमा रहेको मन्दिरबाट मनोरम हिमश्रृङखला तथा अन्य क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरसम्म जानका लागी पर्वत र बागलुङ्गको सिमानामा पर्ने मालढुंगादेखि कच्ची मोटरबाटो पुगेको छ । कुश्मा बजारबाट बलेवा जोड्ने केबुलकार निर्माण भैसकेपछि भने विशेष पुजाको समयमा धेरै नै भक्तजनहरु आउने गरेको स्थानीयबासीको भनाई छ ।पहिलेको तुलनामा अझै पनि मन्दिर केही परिवर्तन हुन नसकेको भक्तजनको गुनासो रहेको मन्दिरका पुजारीको भनाई छ ।प्रसिद्ध भैरवस्थान मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढिरहदा मन्दिर व्यवस्थापन भने राम्रो संग हुन नसकेको मन्दिरका पुजारीको भनाई थियो ।

मङगलबार र शनिबार विशेष पूजाआजा हुने मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सयौँ भक्तजन पुग्ने गर्छन् । बलेवा क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसको प्रसिद्ध कोत मन्दिरका रुपमा पनि मन्दिर परिचत छ ।भौगोलिक हिसाबले पनि सौन्दर्ययुक्त स्थानमा अवस्थित मन्दिरमा पूजाआजाका साथै घुमफिर गर्न जाने पर्यटकको भिड लाग्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah