हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ ।

निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न मात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो । यस्पाली लकडाउनकै बेला अर्थात जेठ २० गते मङगलवार परेको छ । टाढा मन्दिर जान नसके पनि घरमा नै बसेर पुजा बिधी पुर्याएर ब्रत बस्न सकिन्छ । यदि तपाई रोगी, सुत्केरी महिला, बच्चा हुनुहुन्छ भने स्व्चछ मनले भगवान पुकारेर खाना खानु भए हुन्छ ।

लकडाउनको बेलामा कसरी ब्रत बस्ने ?
निर्जला ब्रत बस्नको लागि तपाई सुर्य उदय भन्दा अगाडी उठ्नु पर्छ । नित्यकर्म गरेर सुर्य उदयभन्दा अगाडी टन्नै पानी पिउँनुहाेस । भारी कुराहरु नबोक्नुस हिडडुल नगर्नुहोस र थकाइ लाग्ने कामहरु पनि नगर्नुहोस जस्ले गर्दा तपाईलाई तिर्खा लाग्दैन र ब्रत सफल हुन्छ । सकेसम्म यो दिन घरमा खाना नबनाउनुस । शास्त्रमा अन्न बनाउनु हुन्न भनेको छ । बेलुका फलफुल तथा मकै खानुस ।

के छ विधी ?

इच्छुक पुरुष वा महिला जो कोहीले यो व्रत लिन सक्छन् । शारीरिक समस्या भएकाहरु वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बुढाबुढी बाहेकले निर्जला एकानशी व्रत बस्नु उपयुक्त हुन्छ । व्रत अवधीभर अन्न वा पानी सेवन गर्नु हुँदैन । विहान नुहाई–धुवाई गरेपछि शुद्ध भएर व्रत सुरु गर्नुपर्छ । व्रतमा पूजाआजा खासगरी भगवान विष्णको आरधाना गर्ने धार्मिक प्रचलन छ । जलपान निषेध भएपनि फलहार र दुध सेवन गर्न भने सकिन्छ । यस दिन पूजाआजा गर्दै दान दिएमा लाभ मिल्ने धार्मिक विश्वास छ ।

निर्जला एकादशी व्रत कथा

निर्जला एकादशी व्रतको पौराणिक महत्व र व्याख्या पनि कम रोचक छैन । जब सर्वज्ञ वेदव्यासले पान्डवका चार पुरुषार्थः धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराएका थिए । युधिष्ठिरले भने, ‘जनार्दन ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्छ, कृपाय त्यसको वर्णन गर्नुहोस् ।’

भगवान श्रीकृष्णले भने, ‘हे राजन यसको वर्णन परम धर्मात्मा सत्यवती नन्दन व्यासजीले गर्नुहुन्छ । किनभने यी सम्पूर्ण शास्को तत्वज्ञान र वेद वेदांगमा पारंगत विद्वान उनै हुन् ।’

तब व्यासजीले भने, ‘कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न बर्जित छ । द्वादशीको दिन स्नान गरेर पवित्र भइसकेपछि फूलले भगवान केशवको पूजा गर्नुपर्छ । फेरी नित्य कर्म समाप्त गरेपछि ब्राम्हाणलाई भोजन गराई अन्तमा स्वयम्ले भोजन ग्रहण गर्नुपर्छ ।’

यो कुरा सुनेपछि भीमसेन बोले, ‘परम बुद्धिमान पितामह, मेरो उत्तम कुरा सुन्नुहोस् । राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव, यी कसैले पनि एकादशीको कहिल्यै भोजन गर्दैनन् । साथजै मलाई पनि उनीहरुले भोजन नगर्नका लागि अनुरोध गर्छन् । तर, म भोक सहनै सक्दिन ।’

भीमसेनको कुरा सुनेर व्यासजीले भन्छन्, ‘यदि तिमीले नरकलाई दुषित सम्झन्छौं र स्वर्गलोकको प्राप्तिको अभिष्ट राख्छौं भने दुबै पक्षको एकादशीको दिन भोजन गर्नु उचित हुँदैन ।’

भीमसेनले भने, ‘महाबुद्धिमान पितामह, म तपाईंको सामुन्ने सत्य भन्छु । म त एक पटक भोजन गरेर पनि व्रत गर्न सक्दिन । तब उपवास गरेर म कसरी रहन सक्छु ? मेरो पेटमा वृक नामका अग्नि सधै प्रज्वलित रहन्छ । जब म धेरै खान्छु, तब मात्र यो शान्त रहन्छ । त्यसैले महामुनि, म पुरा वर्षभर केवल एक मात्र उपवास गर्न सक्छु । यस्तो कुन व्रत हुनसक्छ ? जसले कल्याण हुन्छ । म उक्त व्रतको यथोचित रुपमा पालना गर्छु ।’

व्यासजी भन्छन्, ‘भीम, ज्येष्ठ मासमा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसमा यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा अचमन गर्नका लागि मुखमा पानी हाल्न सक्छौं । त्यसबाहेक कुनैपनि प्रकारको जल मुखमा हाल्न उचित हुँदैन । अन्यथा व्रत भंग मानिन्छ ।’

एकादशीको सूर्योदयदेखि लिएर अर्को दिनको सूर्योदयसम्म मानिसले जल त्याग गर्नुपर्छ । त्यस अनुसार द्वादशीको प्रभातकालमा स्नान गरेर ब्राम्हाणलाई विधिपूर्वक जल वा सुवर्ण दान गर्नुपर्छ । यस प्रकार सबै कार्य पुरा गरेर जितेन्द्रिय पुरुष ब्राम्हाणका साथ भोजन गर्न सक्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah