संविधान संशोधन दोस्रो संशोधन विधेयक, २०७७ मा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमति रहेपनि विधेयक पारित गर्न मतविभाजन मार्फत हस्ताक्षर नै गराइने भएको छ ।

सभामुख अग्नि सापकोटाले हस्ताक्षरका लागि राखिएको हस्ताक्षर पुस्तिकाको अवलोकन गरिसकेका छन् । संविधान संशोधन विधेयक पारित गर्न संसद सदस्यको दुई तिहाई आवश्यक पर्छ ।

संविधान र नियमावलीको व्यबस्था अनुसार संविधान संशोधन विधेयक मतविभाजन मार्फत गरिने भएकोले सांसदहरूले हस्ताक्षर गर्दैछन् । शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा सबै दलले समर्थन गरेको घोषणा गरिसकेका छन् ।

दफावार छलफल सकिएपछि सभामुखले मतविभाजन मार्फत विधेयकको पक्ष विपक्षमा मतदान गर्न समय दिनेछन् । विधेयको विपक्षमा रहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बैठक बहिस्कार गरेकी छिन् ।

सभामुखले समय दिएपछि सांसदहरूले बैठक कक्षको लवीमा रहेको हस्ताक्षर पुस्तिकामा गएर मत जाहेर गर्नेछन् ।

प्रतिनिधि सभामा २ सय ७५ सांसद रहने व्यबस्था रहेपनि रेशम चौधरी, हरिनारायण रौनियार, मोहम्मद अफ्ताव आमल लगायत ४ सांसद निलम्बनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah