काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको चरित्रमै प्रश्‍न उठ्ने गरी विवादित सामग्री प्रसार गर्ने भारतीय टेलिभिजन जी न्यूजले शुक्रबार माफी मागेको छ। चिनियाँ राजदूत यान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाएपछि विवादमा परेको भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको हो। जी न्यूजले समाचारीय मूल्य मान्यताको धज्जी उडाउँदै प्रसारण गरेको उक्त सामग्रीको नेपालसहित भारतमा पनि विरोध भएपछि च्यानलले माफी मागेको हो।

दुई देशको सम्बन्ध नै बिगार्ने गरी घृणा फैलाउने अतिरञ्जित कार्यक्रम देखाएपछि चर्को विरोध भएको थियो। त्यसकै विरोधमा नेपालका मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले केही सबै भारतीय समाचार च्यानलहरू प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय लिएका थिए। यता प्रेस काउन्सिल नेपालले शुक्रबार भारतीय प्रेस काउन्सिललाई एक पत्र पठाउँदै उक्त सामग्री प्रसारण गर्ने जी न्यूजमाथि आवश्यक कारवाहीको पहलका लागि आग्रह गरेको थियो।

जी न्यूजको उक्त अतिरञ्जित सामग्रीपछि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि केबल अपरेटरहरूको उक्त कदमलाई समर्थन गरेको थियो। यसअघि बिहीबार नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा जी न्यूजविरुद्ध आवश्यक कानुनी तथा कूटनीतिक कारवाही अघि बढाइने बताएका थिए।

‘भारत र नेपालबीच सदैव सदैव मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशको सम्बन्ध सांस्कृतिक, राजनीतिक र ऐतिहासिक रुपमा पनि बलियो छ। हामी नेपाली जनताको भावनाको आदर र सम्मान गर्छौं’, माफी माग्दै जी न्यूजले भनेको छ, ‘हाम्रो च्यानलमा त्रुटीवश प्रसारित कार्यक्रम ‘ओलीको इस्किया’बाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्छौं।’ भिडियो

 

https://www.facebook.com/sawaalnepal/videos/558822258133702/

 

यो खबर हामीले थाहाखबर बाट साभार गरेका हौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah