७ जेठ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केश विष्ट र मानव तस्करको आरोप खेपिरहेका लोकबहादुर शाहीबीचको गोप्य सम्बन्धलाई लिएर यतिबेला नेपाली खेल वृत्तमा चर्चा सुरु भएको छ ।

लोकबहादुर शाही कुनै समयका खेलाडी भए पनि पछिल्लो समय उनी महिलामैत्री र मानव तस्करमा सक्रिय व्यक्तिका रुपमा स्थापित भएका छन् । लोकबहादुर शाहीले नेपाल आइस हक्की संघमार्फत युरोप र अमेरिका पठाइदिन्छु भनेर रकम लिएका दर्जनौं व्यक्ति अहिले पनि उनको कार्यालय आसपास घुमिरहेका भेटिन्छन् ।

साथै लोकबहादुर शाही महिला मैत्री व्यक्तिका रुपमा पनि नेपाली खेल क्षेत्रमा परिचित छ । यस्तो परिचय बनाएका शाहीसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले किन यस्तो गहिरो सम्बन्ध राखे र पटक–पटक विदेश भ्रमणमा निस्के, त्यो खोजीको विषय बनेको छ ।

नेपाली खेल क्षेत्रमा राष्ट्रिय परिषद्का सदस्यसचिव विष्टले पनि विदेश जान भनेपछि मरिहत्ते गर्ने र मिहलामैत्री व्यक्तिकै रुपमा परिचय बनाएका छन् । सदस्यसचिव विष्टका काण्ड पोखरा र भियतनाममा मात्र होइन राखेपको कार्यालयभित्र पनि चर्चामा नै छ ।

सदस्यसचिव विष्टकै कारण केहीको पारिवारिक जीवन नै संकटग्रस्त बनेको उदाहरण पनि ताजै छ । अहिले पनि सदस्यसचिव विष्ट शाहीसँगै विदेश भ्रमणमा छन् । युरोपका विभिन्न सहरमा घुमिरहेका फोटोहरु फेसबुकमार्फत सार्वजनिक भएको छ ।

तर सदस्यसचिव जस्तो वयक्ति विदेश भ्रमणमा गएको विदेश सुरुदेखि नै गुपचुप राखियो । उनी निर्वाचन आचारसंहिता विपरीत विदेश भ्रमणमा निस्किए त्यो पनि छापामार शैलीमा । अघिल्लो दिनसम्म कसैलाई पत्ता नदिई अकोए दिन युरोप पुगेको फोटो सार्वजनिक भएको थियो ।

निर्वाचन आचारसंहिता उनलाई पनि लागू हुनुपर्ने हो । तर विष्टले त्यसको किन पर्वाह गर्थे र । यसअघि पनि सदस्यसचिव विष्ट र लोकबहादुर शाही युरोप भ्रमणमा गएका थिए । अहिले फेरि उनीहरुको यो गोप्य भ्रमण भएको छ । मानव तस्करीमा पनि कतै उनीहरुको संलग्नता त छैन भन्ने यो गोप्य भ्रमणले पुष्टि गरेको छ ।

स्रोतले दिएको जानकारीअनुसार अहिलेसम्म शाहीको संलग्नतामा झन्डै एक दर्जन जतिले युरोपको कार्यक्रमका लागि भनेर भीएफएसमा फर्म बुझाएको पाइएको छ । तीमध्ये धेरैजसोको भिसा रिजेक्ट भएको र केहीले भिसा पाएको स्रोतको दाबी छ ।

अहिले शाहीले नेपाल आइस हक्की संघमार्फत यस्तै काम सुरु गरेको सो संघका एक पदाधिकारीले दाबी गरे । सोही विषयलाई लिएर केही उजुरीहरु पनि दर्ता भएको स्रोतको दाबी छ । यी विषयमा राखेपका सदस्यसचिव विष्टलाई पनि जानकारी नभएको होइन, खबर देशान्तरमा छ ।

तर यी सबै विषय जान्दा जान्दै पनि विष्ट र शाहीबीचको सम्बन्ध सुमधुर हुनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । अहिले उनीहरुको भ्रमणका दौरान पनि अरु केहीको पनि भिसा आवेदन पेस गरिएको बुझिएको छ । यस विषयमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । त्यसैले राखेप सदस्यसचिव विष्टको विषयमा पनि छानबिन आवश्यक रहेको खेलका जानकारहरु बताउँछन् । न्यूज अभियान बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah