रुसको स्वास्थ्य मन्त्रालयले विश्वको पहिलो कोरोनाभाइरस खोपको उत्पादन शुरू गरेको शनिवार बताएको छ । खोपको नाम स्पुतनिक भी राखिएको छ ।

खोपको फर्मुलाको आधिकारिक नाम गाम–कोभिड–भाक हो र यसलाई मस्कोमा रहेको गामालेया नेसनल रिसर्च सेन्टरले विकसित गरेको हो । खोपमा दुईवटा तत्त्व छन् जसलाई तीन हप्ताको अन्तरमा लगाएपछि कोभिड–१९ विरुद्ध इम्युन रेस्पोन्स उत्पन्न हुन्छ ।

खोप उत्पादनमा लगानी गर्ने सोभरेन वेल्थ फन्डका निर्देशक किरिल दिमित्रेभले २० वटा देशबाट खोपको एक अर्ब डोजको माग आएको बताएका छन् ।

रुसको स्वास्थ्य नियामक संस्थाले जुन र जुलाई महिनामा दोस्रो चरणको परीक्षण पनि खोप दर्ता गरेको हो । आरम्भिक उत्पादनमा तेस्रो चरणको परीक्षण आवश्यक नरहेको निर्णय लिइएको थियो ।

तर सन् २०२१ को जनवरी महिनाअघि स्पुतनिक भी सामान्य वितरणका लागि पठाइने छैन । त्यसको चारदेखि पाँच महिनामा यसको प्रभावकारिताका विषयमा थप निगरानी गरिनेछ ।

पश्चिमका केही सरकार र स्वास्थ्यकर्मीहरूले खोपको घोषणाको आलोचना गर्दै यो हतारमा ल्याइएको र सम्भवतः खतरनाक रहेको बताएका थिए । खोप तत्काले आम मानिसले उपयोग गर्नका लागि पठाइनेछ भन्ने जस्तो लागेर उनीहरूले आलोचना गरेका हुन सक्छन् ।

तर यो खोप कोभिडविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका कामदारहरूका लागि मात्र उपलब्ध हुनेछ । उनीहरूलाई पनि स्वेच्छाले सहभागी गराइनेछ, जबर्जस्ती गरिने छैन ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि स्वास्थ्कर्मी र शिक्षकहरूलाई शुरूमा खोप लगाइने बताए । परीक्षणका आँकडाहरू छिट्टै प्रकाशित गरिने र यससम्बन्धी चिन्ता त्यसले हटाउने आशा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah