चीनले कोरोनाभाइरसविरुद्धको खोप याड५–एनकोभको पेटेन्ट अधिकार पाएको छ । यस खोपलाई चिनियाँ सेनाका मेजर जनरल चेन वेई र कानसिनो बायोलोजिक्स इन्क कम्पनीले बनाएका हुन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा छापिएको रिपोर्टअनुसार, चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउने अपेक्षा गरिएको छ ।

खोपको पेटेन्टका लागि मार्च १८ मा अनुरोध गरिएको थियो र अगस्ट ११ मा त्यसलाई स्वीकृति दिइयो ।

चिनियाँ विशेषज्ञहरूले कोरोनाभाइरसविरुद्धको खोप सुरक्षित र प्रभावकारी रूपमा बनाउने काममा चीन अघि बढिरहेको बताएका छन् । खोपको नराम्रो साइड इफेक्ट नदेखिएको बताइएको छ ।

तेस्रो चरणको परीक्षणमा खोपको प्रभाव क्षमताको आकलन गरिने चीनको भनाइ छ । खोप सफल भएमा बजारमा ल्याइहाल्ने चीनले बतायो ।

खोपले स्वीकृति नपाइसकेको भए पनि चीनले आफ्ना सैनिकहरूलाई लगाउन थालिसकेको बताइएको छ । चिनियाँ जनमुक्ति सेनाको सहयोगमा बनेको खोप व्यापक मात्रामा सैनिकहरूलाई लगाइएको छ ।

क्यानसिनो कम्पनीले परीक्षण र खोप बनाउने क्षमताका कारण अमेरिकाको मोडर्ना, फाइजर, क्योरभ्याक र आस्त्राजेनेकालाई पछि पारेको चिनियाँ विशेषज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah