दक्षिण कोरियाको राजधानी सोलबाट एकसय २० किलोमिटर टाढा पर्ने छुङनाम नाम्दो प्रान्तको किम्ची (कोरियन अचार) बनाउने कम्पनीमा कार्यरत दुई जना नेपालीलाई कोरोना संक्रमण भएको छ । २० वर्षीया एक नेपाली युवतीलाई बुधबार टाउको दुख्ने तथा ज्वरो आउने भएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

किम्ची कम्पनीमा कार्यरत अन्य कामदारहरूको परीक्षणपछि स्वास्थ्य परीक्षण गराउँदा थप एक नेपालीसहित १७ जनामा संक्रमण देखिएको हो । कोरियामा नेपालीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो । कोरियामा ५० हजारभन्दा बढी नेपाली छन् ।

कोरियास्थित नपाली दूतावासले भने नेपाली संक्रमित भएकोबारे औपचारिक जानकारी नभएको जनाएको छ । दूतावासकी श्रमसहचारी रमा भट्टराईले समाचारहरूमा नेपाली संक्रमित भएको पढेको बताइन् । ‘मैले पनि समाचारमा देखेकी हुँ । नेपालीलाई कसरी लाग्यो बुझेर मात्र भन्न सकिन्छ । हामी बिरामीसँग सम्पर्क गर्ने प्रयासमा छौं,’ उनले भनिन् ।

गैरआवासीय नेपाली संघ कोरियाले भने कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा आफ्नो कार्यक्षेत्रबाहेक ननिस्कन तथा सरकारले जारी गरेका प्रतिबन्ध उल्लंघन नगर्न अनुरोध गरेको छ ।

कोरियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः फैलिएको छ । गतवर्षको अन्त्यमा चीनबाट सुरु भएको भाइरको संक्रमण त्यसलगत्तै दक्षिण कोरियामा देखिएको थियो । तर दक्षिण कोरिया छोटो समयमा नै कोरोना संक्रमण नियन्त्रणमा लिन सफल भएको थियो । संक्रमण नियन्त्रणमा आएसँगै झन्डै ५ महिनापछि शैक्षिक संस्था, सार्वजानिक पुस्तकालय, रात्रि क्लब, चलचित्र भवनहरू खुला गरिएको थियो ।

तर दुई साताअघि कोरोनाको दोस्रो लहर फैलिएसँगै हाल कोरियामा सामाजिक दूरीसम्बन्धी नियमहरू कडा पारिएको छ । पछिल्ला दिनहरूमा कोरियामा दैनिक २ सयदेखि ४ सयसम्म नयाँ संक्रमित थपिएका छन् ।

दक्षिण कोरियामा बिहीबार साँझसम्म २० हजार ६ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये १५ हजार ५ सय २९ जना निको भएका जनाइएको छ । ३ सय २९ जनाले भने भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । कान्तिपुर दैनिकमा गोकुल थोकर तामाङले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah