पहिलो चरणको मतपरीणामको मुल्याङ्गकन गर्दै दलहरुले दोस्रो चरणमा हुने निर्वाचनको लागी रणनैतीक तयारी सुरुगरेका छन । इटहरी उपमहानगरपालीका को आगामी नेतृत्वको लागी पनी राम्रौ रस्साकस्सि हुने देखीएको छ । कसैलाइ नयाँ इतीहास रच्नु छ त कसैलाइ पुरानो साख जोगाउनु छ । इटहरीको लागी राप्रपा बाट प्रस्ताबित मेयरका उमेद्धवार रोहीत कार्की भने, पार्टी बनाउनेमा भन्दा इटहरी लाइ बनाउनको लागी आफ्नो उमेद्धवारी रहेको बताउछन् । इटहरी लाइ सफा, समृद्ध र सहभागीता मुुलक शहर बनाउने राप्रपा को योजना रहेको उनले बताए । कार्कीले अझै इटहरी, सहर बन्न नसकेको हुँदा यसलाइ पार्टी भन्दा बढी प्राथमीकतामा राखेर कामगर्ने स्पस्ट पारे । सबैको ध्यान भौतीक बिकाशमा केन्द्रित भइरहेको छ तर सामाजीक रुपमा इटहरी एकहुन नसकेको हँुदा जनताको भावना जोड्ने काम महत्वपुर्ण छ त्यही कामलाइ प्रथमीकता मा राखेर अगाडी बढ्ने उनको योजना छ ।
राप्रपा इटहरीको बिकाश निर्माणमा पुर्णरुपले सजग रहेको र इटहरीको ढुङ्गा माटो संग राम्ररी परीचीत भएको हुनाले आफुले उमेद्धवारी दिएको प्रस्ट पारेका छन् । स्थानीय तहको चुनावबाट देश नयाँ गतीमा रुपान्तरण हुने भएकोले यसलाइ हारजीत संग भन्दा पर्नी उत्सवको रुपमा मनाउनु पर्ने कार्कीले आग्रह गरेका छन् । दल फरक भएपनी नेपाली समाज एकै हो त्यसैले बिभिन्न जातगत समुदायलाइ उचालेर समाज भड्काउन नहुने मा उनले जोड दिएका छन ।
जनताको चाहना तथा राष्ट्रको हित बिपरीत हिन्दु राज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषणा गरीएको हुँदा त्यसको बिरुद्धमा राप्रपा सधै अडिग रहने कार्कीले बताए । सम्पुर्ण नेपाली लाइ एकताको सुत्रमा बाध्नसक्ने एक मात्र रामबाण हिन्दु धर्म भएकोले यसको रक्षा आम नेपालीको कर्तव्य रहेको कार्कीको भनाइ छ ।
इटहरी FM बाट



