काठमाण्डाै – भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोभिड–१९ (कोरोना भाइरस) को खोप आउन सक्ने सम्भावना अत्यधिक रहेको बताउनुभएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मङ्गलबार भएको एक बैठकमा डा. हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्म भारतमा खोप उपलब्ध हुन सक्ने र एकभन्दा धेरै खोप हुन सक्ने सम्भावना रहेको पनि बताउनुभएको हो ।

डा. हर्षवर्धनले भन्नुभयो, ‘आउँदो वर्षको सुरुवातसम्म हामीसँग खोप हुने आशा गरिरहेका छौँ र एकभन्दा धेरै माध्यमबाट पनि प्राप्त हुन सक्छ । हाम्रा विशेषज्ञ देशमा खोपको वितरण कसरी गर्न सकिन्छ भन्ने योजनामा काम गरिरहेको छ ।’

विश्व स्वास्थ्य सङ्गठनकी मुख्य वैज्ञानिक सौम्या स्वानीनाथनले पनि सन् २०२० को अन्त्यसम्म वा आउँदो वर्षको सुरुवातसम्म एक खोप दर्ताको लागि तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतमा अहिले दुई स्वदेशी खोप मानव क्लिनिकल परीक्षणको दोस्रो चरणमा छ । यसमध्ये एक खोप भारत बायोटेक र आईसीएमआरको सहयोगमा विकसित भइरहेको छ । दोस्रो खोप जाइजस काडिला कम्पनीले बनाइरहेको छ । यसका अलावा पुनेको सिरम इन्स्टिच्युटले खोपका लागि एस्ट्राजेनेका (बेलायती–स्वीडेनी कम्पनी) सँग सहकार्य गरिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५५ हजार तीन सय ४२ नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ६ जनाको ज्यान गएको छ ।

मङ्गलबार थपिएकासँगै भारतमा कोरोना भाइरसका सङ्क्रमितको कुल सङ्ख्या ७१ लाख ७५ हजार आठ सय ८१ भएको छ । जसमध्ये आठ लाख ३८ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६२ लाख २७ हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah