काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।

राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएकी बताएकी छन् ।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई,’ भण्डारीले लेखेकी छन्, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah