काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुली सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जा घर भई कास्की पोखरा महानगरपालिका–६ बसुन्धारापर्क बस्ने प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई प्रहरीले पक्रेको हो ।

कात्तिक २२ गते दाङ घोराही घर भई कास्की पोखरा महानगरपालिका–६ बसुन्धारापार्क बस्ने अन्दाजी २५ वर्षीय कृष्ण चौधरीको हत्यामा संलग्न रहेको आरोपमा श्रेष्ठलाई तनहुँ आबुखैरेनी न.पा.–२ मार्क्यु सडक खण्डबाट पक्राउ गरेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए ।

कवाडीको सामानहरु उठाउने काम गर्दै आएका चौधरीलाई चुरोट हराएको विषयमा विवाद हुँदा श्रेष्ठले ढुंगाले कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले बताए ।

२२ गते अन्दाजी ४ बजेको समयमा दुवैजना मिलेर रक्सी खाएका थिए । रक्सीको नसा लागेपछि चुरोट हराएको विषयमा एकआपसमा झै–झगडा हुँदा श्रेष्ठले चौधरीको टाउकोमा ढुंगाले हिर्काएका थिए । लगत्तै श्रेष्ठ फरार भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा श्रेष्ठले पनि कवाडीको सामान उठाउँथे । श्रेष्ठलाई हिरासतमा राखेर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah