काठमाडौं । सरकारले फिल्म हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गनै थालेका छन् । यस्तैमा फिल्म ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ । छायाँकनका लागि ययो युनिट अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमाल सहित लोकेसन हेर्न काठमाडौं बाहिर निस्किएको छ । फागुन पहिलो साताबाट छायाँकन हुने फिल्म युनिट अहिले लोकेशन हेर्न बुटवलमा पुगेको छ ।
निर्देशक किरण विकको साथमा फिल्मका लागि लोकेशनमा निस्किएका कलाकार मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा केही तस्विर समेत खिचाएका छन् । पहिलोपटक यसै फिल्ममार्फत जोडीको रुपमा देखिन लागेका उनीहरुको तस्बिर हेर्दा एकअर्कासँग घुलमिल भैसकेको अनुमान लगाउन सकिन्छ । फिल्ममा मुकुन र बेनिशाका अलावा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि अभिनय रहनेछ



