काठमाडौँ । बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको राठौरले बताए । राठौरका अनुसार घाइतेको चिउँडोमा गोली लागेको छ ।

‘तस्करले चलाएको गोली लागेर तस्कर समूहकै एकजना घाइते भएको हो,’ डीएसपी राठौरले भने, ‘पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेका छन् ।’ प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन् ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो । प्रहरी आएको सूचना पाउनेबित्तिकै तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको हो ।रातोपर्टी साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah