कुकुरले सँधै मानिसप्रति इमानदारिता देखाउँदै आएको छ । हालै अमेरिकाको न्युजर्सीमा एक बृद्ध बेपत्ता भएका थिए । उनी कहाँ गए भन्ने कसैलाई पत्तो भएन ।
त्यतिकैमा एक कुकुरले प्रहरीलाई सहयोग गरेको छ । न्युयोर्क पोस्टका अनुसार यो घटना गतहप्ताको हो । फ्रेड र्याप नामका ७८ वर्षी बृद्ध गतसाता बेपत्ता भएका थिए ।
प्रहरीलाई र्यापको छोरीले आफ्ना बाबु बेपत्ता भएको खबर दिइन् । प्रहरीले बद्धको मोबाइल ट्र्याक गर्दै जिपिएसमार्फत खोजबिन शुरु गरेको थियो । तब उनी कुनै जंगलको इलाकामा रहेको पत्ता लाग्यो ।
प्रहरीले ड्रोनको प्रयोग गरेर उनको खोज अभियान शुरु गर्यो । तर, पनि उनी कहाँ छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेन ।
अनेक कोशिसका बावजुत पनि प्रहरीले हराएका बृद्ध ठ्याक्कै कहाँनिर छन् भन्ने पत्ता लगाउन सकेन । अघिल्लो दिन ड्यूटी प्रहरी अधिकारी चाल्स ब्रुस सोही क्षेत्रमा शिकार गरिरहेका थिए ।
त्यसैबेला त्यहाँ एक कुकुर आयो । पछि उक्त कुकुर फ्रेडको पाल्तु भएको पत्ता लाग्यो । प्रहरी अधिकारी कुकुरको पछिपछि गए । केही मिटरको दूरीमा पुगेपछि प्रहरी अधिकारीले फ्रेडलाई देखे ।
उनी आफ्नो कारको नजिक बसेका थिए । कार दुर्घटना भइसकेको भेटियो । यो घटनाबारे म्यानचेस्टर प्रहरीले आफ्नो फेसबुक अकाउन्टमार्फत जानकारी दिएको छ ।
म्यानचेस्टर प्रहरीका प्मुख लीसा पार्करले भने, ‘ब्रस घटनास्थलमा समयमै पुगेकाले फ्रेडको ज्यान बच्न सक्यो, नत्र अर्को दुर्घटना हुनसक्थ्यो ।’
वास्तवमा कुकुरले नै फ्रेडलाई पत्ता लगाएको थियो । यदि कुकुर नभएको भए फ्रेड अलपत्र अवस्थाम मृत्युको मुखमा पुग्नसक्ने लीसाले बताएका छन् ।



