काठमाडौं : निकिता चन्दक मिस नेपाल– २०१७ भएकी छन् । शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्।
उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।
यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।

पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।


तर, मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।



