के छ स्वस्थानी ब्रतको महत्व ?

स्वस्थानी ब्रत भनेर प्रसिद्ध एक महिने माधवनारायण ब्रत यस वर्ष माघ १५ गतेदेखि सुरु हुँदैछ। काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुस्थित शाली नदीमा किनारमा उक्त ब्रत बस्ने प्रचलन रहँदै आएको छ।स्वस्थानी ब्रत कथाअनुसार शाली नदी क्षेत्र ऐतिहासिक एवं पौराणिक महत्वको स्थान हो। त्यसैले यसै स्थानमा ब्रतालुहरु एक महिने लामो एवं कठिन ब्रत बस्ने गर्दछन्। कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्ष स्वस्थानीको ब्रत बस्ने भक्तजनलाई कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ आउनु अनिवार्य गरिएको छ।कोरोना परीक्षण नेगेटिभमात्रै भएर ब्रत बस्न नपाउने व्यवस्था गरिएको छ। कोरोना भाइरस संक्रमण नदेखिए ब्रत बस्ने भक्तजनमा निमोनियाजन्य रोगसमेत हुन नहुने प्रावधान राखिएको छ। वर्सेनि सयौंको संख्यामा ब्रत बस्ने शालीनदीमा यस वर्ष ५० जनाभन्दा बढी भक्तजनलाई ब्रत बस्न नदिने व्यवस्था गरिएको श्रीमाधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले शालीनदीमा ब्रत बस्ने भक्तजनहरुको लागि समितिले माघ १३ गते पीसीआर परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए। यसको लागि ब्रतालुले माघ १० देखि १२ गतेभित्र आआफ्नो नाम दर्ता गर्नुपर्ने उनले बताए।

‘कोरोना भाइरस संक्रमण भए नभएको थाहा हुने पीसीआर एन्टिजेन नेगेटिभमात्रै होइन निमोनियाको लक्षण छ कि छैन भनेर पनि एक्सरे रिपोर्ट साथमा ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेका छौं’, उनले भने, ‘विश्व स्वास्थ्य संगठनले रिफर गरेका विभिन्न रोग भएका बिरामीहरुलाई पनि ब्रतमा सहभागी गराउन नसकिने भनेका छौं।’अध्यक्ष श्रेष्ठले यस वर्ष पुरुषतर्फ १५ र महिलातर्फ ३५ जना गरी जम्मा ५० जना भक्तजनलाई मात्रै स्वस्थानीको ब्रत बस्न दिन लागिएको स्पष्ट पारे। यसवर्ष समितिले ब्रतालुहरुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था मिलाएको छ। पहिले ब्रतालु आफैँले बस्ने, खाने व्यवस्था गर्दै आएका थिए। तर यसरी ब्रतालुहरु छरिएर रहँदा कोरोना भाइरस संक्रमणको जोखिम भएकाले क्वारेन्टाइनको रुपमा सबै ब्रतालुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था गरिएको समितिका महासचिव योगेशमान डंगोलले जानकारी दिए।

 

उनले ब्रत बस्ने ठाउँमा सामाजिक दूरी कायम गर्न यस वर्ष ब्रतालुका घरपरिवारका सदस्य तथा आफन्तको उपस्थितिमा बन्देज लगाइएको बताए।‘पहिले जस्तो यस वर्ष ब्रतालुसँगै उनका घरपरिवारका सदस्य र आफन्तको उपस्थितिलाई बन्देज लगाएका छौं’, महासचिव डंगोलले भने, ‘ब्रत सुरु भएदेखि सम्पन्न नभएसम्म ब्रतालुको सम्पूर्ण जिम्मा समितिले लिने गरी व्यवस्था गरेका छौं।’समितिले एकमहिने स्वस्थानी ब्रतको तयारी करिब ९० प्रतिशत पूरा भएकोसमेत जनाएको छ। ब्रतबारे जानकारी दिन समितिले बिहीबार साँखु पत्रकार सम्मेलनको आयोजनासमेत गरेको थियो। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रेष्ठले यसवर्ष बृहत मेलाको रुपमा स्वस्थानी ब्रतको तयारी नगरिएको जानकारी दिए। तर ब्रत अवधिभर शालीनदी पुग्ने सर्वसाधारणको लागि कोरोना भाइरस संक्रमण हुन नदिन ठाउँ ठाउँमा स्यानिटाइजर, साबुन पानीले हात धुने र माक्सको व्यवस्था गरिने उनले बताए।‘स्वस्थानी ब्रतअवधिभर करिब २० लाख भक्तजन शालीनदी परिसर पुगेको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना भाइरस संक्रमणबीच यसवर्ष त्यति संख्याका भक्तजनको व्यवस्थापन चुनौतीपूर्ण छ। त्यसमाथि सामाजिक दूरी कायम गर्न सकिने अवस्था हुँदैन।’

ब्रतस्थल र शालीनदी परिसरमा सामाजिक दूरी कायम गर्न यस वर्ष बढीभन्दा बढी सुरक्षाकर्मी र स्वयंसेवक परिचालनको तयारी गरिएको समितिले जनाएको छ। ब्रतालुसँग अन्य भक्तजनको सम्पर्क हुन नदिन ब्रतस्थलमा विशेष व्यवस्था गरिएको छ। त्यस्तै यसवर्ष सर्वसाधारण भक्तजनले माधवनारायण देवतालाई सिधै स्पर्श गर्न पाउनेछैनन्। माधवनारायण विराजमान हुने स्थानमा चारैतिर डोरी बाँधिने समितिले जनाएको छ।पत्रकार सम्मेलनमा शंखरापुर नपाका मेयर सुवर्ण श्रेष्ठले साँखुको धरोहरको रुपमा रहेको स्वस्थानी ब्रत रोक्न सकिने अवस्था नभएकाले यसलाई व्यवस्थित गर्नेतर्फ आफूहरुको ध्यान केन्द्रित भएको स्पष्ट पारे। ‘अन्य मन्दिर खुलेको, सार्वजनिक सवारीसाधन चलेको तथा सिनेमा हलसमेत सञ्चालनमा आएको अवस्थामा स्वस्थानी ब्रत रोक्न सकिने अवस्था रहेन’, उनले भने, ‘त्यसैले धर्म, संस्कृति र आस्थाकोसंरक्षण सँगसँगै मानव जीवन रक्षा गर्ने गरी ब्रत सञ्चालन गर्न लागिपरेका छौं।’

ब्रत अवधिभर माधवनारायण विराजमान हुने सिंगारिएको मन्दिर । ​

स्वस्थानी व्रत बसेका व्रतालुले दैनिक स्नान गर्नुपर्ने साँखुस्थित शाली नदीमा निर्माण गरिएको पोखरी ।

 

 

 साँखुस्थित स्वस्थानी माताको मन्दिर । 

स्वस्थानी ब्रतको महत्व:
एकमहिने ब्रत अवधिभर लाखौं भक्तजन शाली नदी पुग्ने गरेका छन्। यहाँ पुग्ने भक्तजनले शाली नदीमा नुहाउने प्रचलन रहेको छ। शाली नदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ। त्यस्तै स्वस्थानी माताका ब्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता रहेको छ। त्यसैले यहाँ विगतमा राज्य प्रमुखसमेत पुगेर ब्रतालुलाई गच्छेअनुसार दान दिने गरेका थिए।माधवनारायण एवं स्वस्थानी माताको ब्रत बस्दा ब्रतालुले प्रत्येक दिन शाली नदीमा स्नान गर्नुपर्छ। त्यसैले ब्रतालुलाई स्नान गर्न सहज हुने गरी शाली नदीलाई छेकेर पोखरी बनाइएको छ। गत वर्ष शालीनदीमा पक्की बाँध निर्माण गरिएको छ। नदीको दुई किनारबाट पानी जाने गरी पक्की बाँध निर्माणसँगै स्नान गर्ने ठाउँ व्यवस्थित भएको छ। त्यस्तै स्नान गर्ने शाली नदीको पूर्वी किनारमा पनि पक्की खुड्किला निर्माण गरिएको छ। जसले गर्दा भक्तजनलाई शाली नदीमा स्नान गर्न थप सहज भएको छ।

एक महिने ब्रतको लागि अहिले शाली नदी परिसर सिंगार्ने काम धमाधम भइरहेको छ। शाली नदी परिसरमा माधवनारायणको स्तम्भसहितको पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त स्तम्भमा माधवनारायणको मूर्ति राखिने भएको छ। स्तम्भको चारैतिर दुबो रोपेर हरियाली निर्माण गरिएको छ। माधवनारायण पार्क शंख आकारको हुने समितिले जनाएको छ।काठमाडौंको चाबहिलसँगै भक्तपुरको बोडे, दुवाकोट, चाँगुनारायण, तेलकोट र नगरकोटबाट साँखु पुग्न सकिन्छ। शाली नदी पुग्ने भक्तजनलाई केन्द्रित गरेर साँखु यातायात प्रालिले दैनिक एकसय वटा बस सञ्चालनमा ल्याउने भएको छ। प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले ब्रतअवधिभर बेलुका ९ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गरिने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah