महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए ।द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए ।सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावन र चित्रांगदाबाट बभ्रुवाहन नामक पुत्रहरू जन्मिए।आफ्नै पुत्रद्वारा अर्जुन मारिएको प्रसंग आउँछ ।यसको रोचक कथा छ एक दिन महर्षि वेदव्यास र श्रीकृष्णको सिफारिशमा पाण्डवहरूले अश्वमेध यज्ञ गर्ने विचार गरे । पाण्डवहरूले शुभ मुहूर्त हेरेर यज्ञ शुभारम्भ गरे र अर्जुनलाई रक्षक बनाएर घोडा छोडे । घोडा घुम्दैघुम्दै मणिपुर पुग्यो।मणिपुरका राजा बभ्रुवाहन आफ्ना पिता आएको थाहा पाएपछि राज्यका गण्यमान्य नागरिकसँग टन्न धनधान्य लिएर अर्जुनलाई भेट्न पुगे ।मणिपुर नरेशलाई यसरी आएको देखेर अर्जुन क्रोधित भए अनि बोले, ‘छोरा, तेरो तरिका ठीक भएन । तँ क्षत्रिय धर्मबाट च्युत भइस् ।म महाराज युधिष्ठिरको अश्वमेध यज्ञको घोडा लिएर तेरो राज्यमा आइपुगेको छु । तँ किन मसँग युद्ध गर्दैनस् ? क्षत्रियहरूको धर्म नै युद्ध गर्नु हो ।’अर्जुनकी पत्नी नागकन्या उलूपी पितापुत्रको संवाद सुनिरहेकी थिइन् । उनले छोरालाई पितासँग युद्ध गर्न भनिन् । त्यसपछि बभ्रुवाहन र अर्जुनबीच युद्ध भयो।

युद्धमा बभ्रुवाहन बेहोश भए भने अर्जुनको मृत्यु भयो । अर्जुन मारिएको खबर पाएपछि पत्नी चित्रांगदा रणभूमिमा पुगेर विलाप गर्न थालिन्। उनले उलूपीलाई निकै कठोर तथा विनम्र दुवैथरी वचन कहेर अर्जुनलाई जीवित बनाउन अनुरोध गरिन् ।त्यतिखेर बभ्रुवाहन होशमा आए र मृत पिता देखेर विलाप गर्दै आफू पनि आमरण अनशन गरेर मर्ने भन्न थाले । यो सुनेपछि उलूपीको मन पग्लियो र उनले संजीवन मणि स्मरण गरिन् । नागहरूको जीवनको आधारका रूपमा रहेको मणिले अर्जुनलाई पुनर्जीवित गरिदियो । दोस्रोपटक अर्जुनको मृत्यु हिमालयमा भयो। यदुवंशीहरूको नाश भएको खबर अर्जुनबाट पाएपछि युधिष्ठिर व्यथित भए अनि वेदव्यासको सल्लाहमा पाण्डवहरूले राजपाट छोडेर सशरीर स्वर्ग जाने निश्चय गरे ।यात्रा गर्दागर्दै उनीहरू हिमालय पुगे । शुरूमा द्रौपदी लडिन् अनि क्रमशः नकुल, सहदेव, अर्जुन र भीम लडे अनि उनीहरूको मृत्यु भयो ।अन्त्यमा युधिष्ठिर र उनको कुकुर सशरीर स्वर्ग पुगे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah