जब दुई बाघ आपसमा लड्छन्, तब पूरै जंगल उनीहरुको गर्जनले गुञ्जिन्छ । अधिकतर बाघ एक दोस्रोसँग खासै लडेको देखिँदैन ।
तर, जब बाघ लड्छन् तब आफ्नो इलाका लागि लड्ने गर्छन् । उनीहरु आफ्नो इलाकामा अर्कोको अस्तित्व स्वीकार गर्दैनन् ।
यस्तैमा जब भारतको रणथंभौरमा दुई बाघ लड्दै थिए, तब कसैले उनको भिडियो नै सुट गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदियो । अहिले बाघ लडिरहेको यो भिडियो भाइरल भइरहेको छ ।
१२ सेकेन्डको यो भिडियोमा दुई बाघ एक आपसमा घमासान युद्ध गरिरहेको देख्न सकिन्छ । यिनको गर्जन सुनेर उनीहरुको युद्ध कत्तिको घातक हुनसक्छ भन्ने पुष्टि हुन्छ ।
Some fights are lethal, one of the reason for Tiger death is Territorial fights. Today #Ranthambhore Use 🎧@ParveenKaswan@Saket_Badola @GauravSharmaIFS @susantananda3 @rameshpandeyifs @RandeepHooda
via WA forward by team member. pic.twitter.com/QUDD3QLHOy— WildLense® Eco Foundation 🇮🇳 (@WildLense_India) December 5, 2020



