देवी भागवत पुराणका अनुसार एक पटक भगवान शिवले आफ्नो तेज समुद्रमा फ्याँकिदिएका थिए जसबाट जालन्धरको उत्पत्ति भएको थियो ।जालन्धर निकै शक्तिशाली थियो ।इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोकको सत्ता हातमा लिएको थियो । यमराज समेत ऊसँग डराउने भएका कारण जालन्धरलाई कसैको डर थिएन।जालन्धरमा अपार शक्ति थियो । उसकी पत्नी वृन्दाका कारण उसमा अपार शक्ति भएको कुरा स्कन्द पुराणअन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथामा बताइएको छ ।वृन्दाको पतिव्रत धर्मका कारण सम्पूर्ण देवीदेवता मिलेर पनि, यहाँसम्म कि त्रिदेवले समेत जालन्धरलाई केही गर्न सक्दैनथे । आफूलाई कुनै पनि शस्त्रअस्त्रले छुन नसक्ने भएका कारण जालन्धर कसैलाई गन्दैनथ्यो, उसलाई आफू शक्तिशाली भएको घमण्ड पनि थियो । यसैको बलमा ऊ देवताहरुका पत्नीहरुलाई समेत बलजफ्ती गर्दथ्यो ।
जालन्धर सम्पूर्ण ब्रह्माण्डमा शासन जमाउन चाहन्थ्यो । यसका लागि उसले सर्वप्रथम इन्द्रलाई पराजित ग¥यो । यसपछि उसले विष्णु लोकमा आक्रमण गरेर लक्ष्मीलाई हत्याउने विचार ग¥यो । यसै योजनाअनुरूप उसले बैकुण्ठमा आक्रमण पनि ग¥यो ।तर देवी लक्ष्मीले जालन्धरलाई आफूहरु दुवै समुद्रबाट उत्पत्ति भएका हुनाले दिदीभाइ भएको कुरा सम्झाइन् । यो सुनेर जालन्धर प्रभावित भयो र ऊ लक्ष्मीलाई दिदी मानेर बैकुण्ठबाट फक्र्यो ।यसपछि जालन्धरले कैलाशमाथि आक्रमण गरेर पार्वतीलाई आफ्नो बनाउने विचार ग¥यो । सम्पूर्ण असुरहरुलाई एकत्रित गरेर जालन्धर कैलाश गएर देवी पार्वतीलाई पत्नी बनाउने प्रयासमा लाग्यो । यसबाट देवी पार्वती क्रोधित भइन् । महादेव जालन्धरसँगको युद्धमा होमिए । वृन्दाको पतिव्रत धर्मका कारण शिवको हरेक प्रहार यहाँसम्म कि त्रिशूल प्रहार गर्दा पनि जालन्धरको रौंसमेत हल्लेन ।
यसपछि देवताहरुले एक योजना बनाई वृन्दाको पतिव्रता धर्म नष्ट गर्ने विचार गरे । सोहीअनुसार विष्णु जालन्धरको भेष धारण गरी वृन्दा भएठाउँ गए । वृन्दाले विष्णुलाई आप्mनो पति जालन्धर ठानिन् । रात परेपछि विष्णुले वृन्दासँग समागम गरे जसबाट वृन्दाको पतिव्रत धर्म नाश भयो । यता वृन्दाको पतिव्रत धर्म नष्ट भयो उता युद्धरत जालन्धरमा कमजोरीका लक्षण देखा पर्न थाल्यो । यो कुरा थाहा हुनेबित्तिकै शिवले त्रिशूल प्रहार गरी जालन्धरलाई मारिदिए । विष्णुद्वारा सतीत्व भंग भएर आप्mना पतिले मृत्युवरण गर्नुपरेको कुरा थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् । उनले विष्णुलाई झार हुनु परोस्, घाँस हुनु परोस्, रुख हुनु परोस् अनि ढुंगा हुनु परोस् भनी श्राप दिएकी थिइन् ।
फलतः विष्णुले पीपल, तुलसी, कुश र शालिग्राम बननुपरेको हो भन्ने मान्यता एकातिर छ भने अर्कातिर तुलसीका सन्दर्भमा केही फरक प्रसंग पनि छ । जसबहनुसार विष्णु गएपछि वृन्दाले आत्मदाह गरिन् । उनको खरानीमाथि तुलसीको बोट उम्य्रो । तुलसी देवी वृन्दाको स्वरूप भएका कारण यो विष्णुका लागि अत्यन्त प्रिय छ ।भारतको पञ्जाब प्रान्तमा जालन्धर नामको शहर छ । जुन पहिले जालन्धरको राजधानी थियो भनिन्छ । त्यही सहरमा जालन्धरकी पत्नी देवी वृन्दाको मन्दिर पनि छ।




