राणा शासनको विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फुलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।शहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायतले सहिद माथेमा शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन्।जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा बि.सं. १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहालमा जन्मिएका थिए । जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यसाथ वि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट बि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिइएको थियो । सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah