काठमाडौं।अहिले स्वस्थानी व्रतको शुभारम्भ भएको छ।यस सालको स्वस्थानी ब्रत माघ १५ गते बिहीबार देखि शुरु भएको हो।सबैजनालाई यो व्रतको महत्तव थाहा नहुन सक्छ।धेरेलाई व्रत लिनको लागि मन भएता पनि कसरी लिने भनेर यसको नियमहरु थाहा नहुँदा लिन नपाएकोमा दुख लाग्छ ।त्यसैले थाहा नभएकाहरुलाई थाहा दिनको लागि यो साम्रगी तयार गरिएको हो।यसदिन श्रद्धालुहरु आफुलाई पायक पर्ने नदी तीर्थमा पुगेर स्नान गर्ने गर्दछन्।एक महिना भरी नै बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्री पार्वतीले श्री महादेवलाई पति पाँऊ भनि गर्नु भएको थियो।काठमाडौंको साँखुस्थित शाली नदी,पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ।यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यती धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ।तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो।व्रत बस्दा पालना गर्नुपर्ने नियमहरु यस्ता रहेका छन्।

१) पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखि नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको सरसफाई लिपपोत मण्डप इत्यादी निर्माण गर्नुपर्छ।

२) भोजनमा सात्विक भोज गर्नुपर्ने दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्विक पदार्थहरू तथा एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ ।

३) ब्रत गर्नेले व्रतको सुरुवातका दिन देखी ब्रत नसकिदासम्म पलङ् तथा खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ ।

४) ब्रत सुरुभए पछि नसकिदासम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।

५) ब्रतको सुरु दिन देखि व्रत नसकिदासम्म कसैसँग झगडा गर्नुहुदैन, दुर्वचन, झुटो नबोल्नु हुदैन ।

६) कसैसगँ पनि क्रोध गर्नु हुदैन, चोरी नगर्नु तथा ब्रह्मचर्यको पालन गर्नु पर्ने हुन्छ ।

७) शुद्ध धोएका कपडाहरु नै लागाउनु पर्ने हुन्छ भने शौचादिबाट नबिृत भएपछि स्नान गनु पर्ने हुन्छ ।

८) मनमा कसैका प्रति प्रतिसोधको भावना हुनु हुदैन सात्विक भाव मात्र हृदयमा राख्नु पर्ने हुन्छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah